
१२ असोज । फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिर गुमाएका पूर्व प्रहरी जवान दिपेन्द्रबहादुर चन्द न्याय माग्दै अदालत पुगेका छन्। पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए।
त्यो आरोप लागेको केहि दिनमै जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरवाट बर्खास्त गरेको थियो। जागिरबाट हटाउने निर्णय बदर गरि पुनर्बहाली गर्न परमादेश जारी गरि पाउँ भनी चन्दले रिट दिएका हुन। रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ।
कैलालीका एसपी प्रहरी उपरिक्षक बिनोद घिमिरे र सङ्घीय प्रहरी इकाई प्रदेश ७ का एसएसपी प्रहरी बरिष्ठ उपरिक्षक हरिराज वाग्ले लाई १५ दिन भित्र लिखित जवाफ पेश गर्नु आदेश भएको हो। प्रहरी संगठनमा आँच आउने अनैतिक गतिविधि गरेको आरोपमा उनलाई बर्खास्त गरिएको थियो।
दिनेशखबरअनलाइनबाट



Milan Shrestha । १२ आश्विन २०७५, शुक्रबार ०९:३८ बजे