कालीकोटमा मदिरा नियन्त्रण अभियानमा तिब्रता


असार ७, सुर्खेत ।

नेकपाले कालीकोट जिल्लाका ग्रामिण बस्तीलाई मादक पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई तिब्रता दिन थालेको छ ।

मादक पदार्थ सेवनबाट नागरीक र समाजमा विकृति फैलिने प्रमूख कारण बनेको भन्दै यसलाई प्रतिबन्ध लगाउन खोजीएको बताइएको छ ।

नेकपाका भातृ संगठनले संयुक्त प्रेस विज्ञप्ति मार्फत जानकारी गराए पनि त्यसको बेवास्ता हुन थालेपछि गाउँमा जाने मदिरामा रोक लगाउन थालीएको छ । यदी आँखा छलेर लिन खोजेपनि त्यसलाई खानतलासी बढाइएको र भेटि जफत गर्ने गरीएको जिल्ला इन्चार्ज समर शाहीको भनाई छ ।

एकातिर गरीबि बढ्छ, अर्कोतिर मदिरा सेबनका कारण शान्ति सुरक्षामा खलल आउनुका साथै घरघरमा झगडाको बिजारोपण हुने हुँदा मदिरा प्रतिबन्ध गरीएको इन्चार्ज शाहीको भनाई छ । गाडीमा लुकाएर लिदै गरेको मदिरा जफत गरी नष्ट गर्ने गरीएको र समृद्ध प्रदेश निर्माणका लागि कर्णाली प्रदेशलाई नै मदिरा प्रतिबन्धित क्षेत्र घोषणा गर्ने अभियान थालीएको उहाँको भनाइछ ।

उता ब्यापारीहरुले भने सरकारलाई कर तिरेर पनि मदिरा बिक्रि गर्न नपाउनु अच्चम्म भएको प्रतिक्रिया दिएकाछन् ।