अत्याधुनिक वाक थ्रु स्यानिटाइजर गेट निर्माण


६ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका दुई यूवा श्यामकुमार विष्ट र राजेन्द्र विष्टले आधुनिक वाक थ्रो स्यानिटाइजर गेटको निर्माण गर्नुभएको छ ।

सुर्खेत साइन्स  एण्ड सर्जिकल तथा सुर्खेत बायोकेमिकल्स हाइजेनिक इण्डष्ट्रिजले संयूक्त रुपमा आत्याधुनिक सोलार जडित वाक थ्रो स्यानिटाइजर गेट निर्माण गरि वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

वीरेन्द्रनगरका दुईयूवा श्याम र राजेन्द्रले कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि अत्याधुनिक स्यानिटाइजर गेट निर्माण गर्नुभएको हो । श्यामले साइन्स फिजिक्स लिएर अध्ययन गर्नुभएको हो भने राजेन्द्रले बायो केमिष्ट अध्ययन गर्नुभएको छ ।

हामी दुईदाजुभाई मिलेर कोरोना भाइरसको यो महामारीलाई मध्यनजर गर्दै २४ घण्टा सम्म मानिस पूर्णरुपमा निर्मलीकरण गर्न सकिने किसिमले यो गेटको निर्माण गरेर नगरपालिकाका निशुल्क दिएका हौ । आज नै यस्को परिक्षण पनि गरिएको छ । श्यामकुमार विष्टले भन्नुभयो । अहिल यो निर्माण गर्नकोलागि करिब ६० हजार जति खर्चलाग्छ र यस्मा सोलार जडान गरियो भने ८० देखि ८५ हजार लागत लाग्छ । यस्मा अटोमेटिक सिष्टम जडान गर्ने योजना गरेका थियौ र त्यो गर्नकालागि अहिलेको समयमा केहि महङ्गो पर्ने भएकोले अहिललाई यो प्रविधी यस्मा जडान गरेका छैनौ । श्याम भन्नुहुन्छ ।

यस्मा हामीले विश्वभर प्रयोग हुँदै आएको डिसइन्फयाक्टेन्ट रुपमा रहेको सोडियम हाइपोक्लोराईड केमिकलको प्रयोग गरेकाछौ । यस्को प्रयोगले २४ घण्टा सम्म मानिस पूर्णरुपमा निर्मलीकरण हुन्छ । त्यसैले यस्को प्रयोग मानिसको बढी आवतजावत हुने ठाँउमा उपयुक्त हुने श्यामको भनाई छ । अहिलेहामीले गेटबाट प्रवेश गर्ने व्यक्तीलाई स्वीचको सहायताले मोटरपम्पको प्रयोग गरि नोजलबाट केमिकल स्प्रे गरेर व्यक्तिलाई २४ घण्टा संक्रमण मुक्त बनाउन सकिने छ । साधारणतया १ दिनमा १ हजार व्यक्तिले र छिटोमा २० हजारजनालाई प्रयोग गर्न सकिने श्यामले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ । यदी यो समयमा कसैले सामान मात्र उपलब्ध गराइदियो भने आफू निशुल्क पारिश्रमिकमा यो गेट तयार गरिदिन्छु ।