१२ असोज । जन भावना विपरित राजधानी घोषणा गरिएको भन्दै भोलीदेखि धनगढीमा अनिश्चितकालीन आम हड्तालको घोषणा गरिएको छ। नागरिक समाज संघर्ष समिती धनगढीले बन माफिया र भुमाफियालाई फाईदा पुग्ने गरि प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको भन्दै भोलीदेखि धनगढीमा आम हड्तालको घोषणा गरिएको हो।
संघर्ष समितीले विज्ञप्ती जारी गर्दै बहुमतको आडमा राजधानी गोदावरी र नाम सुदूरपश्चिम राखिएको उल्लेख छ। आम हड्ताकाले अवज्ञा गरिए सो बाट हुने क्षतिको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ।
संघर्ष समितिले राजधानीका लागि धनगढीमा धेरै खर्च भईसकेकाले गोदावरी सार्न नहुने बताउदै आएको छ।

दिनेशखबरअनलाइनबाट



Milan Shrestha । १२ आश्विन २०७५, शुक्रबार २०:२४ बजे