ईलाका प्रहरी कार्यालयद्धारा साईकल गस्ति शुरु


सुर्खेत,१३ असोज । सुर्खेतको पश्चिम बाबियाचौरका स्थीत ईलाकार प्रहरी कार्यालय सुर्खेतले बस्तीहरुमा शनिवार देखि साईकल गस्ती शुरु गरेको छ ।

हिन्दुहरुको चाड, पर्व नजिकिदै गर्दा, चाड–पर्वको सयमा हुन सक्ने अपराधिक घटनाहरु, लागुऔषध ओसार–पसार र सेवन, घरेलु मदिरा नियन्त्रणका साथै स्थानीयहरुको शान्ति सुरक्षा कायम गर्नका लागी साईकल गस्ती शुरु गरिएको हो ।

ईलाका प्रहरी कार्यालय बावियाचोरुका प्रहरी इन्चार्ज सुशोभन श्रेष्ठका अनुशार पञ्चपुरी नगरपालिकाले ईलाका प्रहरी कार्यालयलाई ५ वटा साईकल उपलब्ध गराएपछि उक्त गस्ति शुरु भएको हो ।