
असोज १७, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई विकासको मोडेल प्रदेश निर्माण गरिने बताउँदै पुर्वाधारको विकास बिना यो प्रदेशको समग्र विकास सम्भव नभएको भन्दै प्रदेशको विकासका लागि पुर्बाधारलाई प्राथमिकता दिएको पनि बताउनु भयो ।
३ दिने राष्ट्रिय यूवा सम्मेलनको सुर्खेतमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले १६ वटा लक्ष्य र ति लक्ष्यहरु प्राप्त गर्ने १७ औं लक्ष्य पुरा गरे मात्रै दिगो विकासको लक्ष्यमा पुगिने हुँदा प्रदेश सरकार पनि सो लक्ष्य प्राप्त गर्न उत्प्रेरीत गर्ने योजना र आयोजनाहरु सञ्चालन गर्नेमा जोड दिनुभयो । तमाम् समस्याहरुले जेलिएको कर्णाली प्रदेशमा समस्या पहिचान गरेर योजनाको छनौट गरि कार्यान्वय गरिनेमा जोड दिदै मन्त्री ज्वालाले यूवाहरुलाई सिप सिकाउने र स्वदेशमै रोजागारिका अवसरहरु सृजना गरिने बताउनु भयो ।
छिमेकि देश भारत सहित नेपालका बिभिन्न प्रदेशका यूवाहरुको सहभागिता रहेको सम्मेलनमा बोल्दै कालीकोट प्रदेश क का सांसद कुर्मराज शाहीले बिकृति बिसंगतिहरुको बिरुद्ध युवाहरु नै लाग्नु पर्नेमा जोड दिदै यूवा शक्ति जागरुक भएर आर्थिक समृद्धिमा लाग्ने बेला आएको बताउनु भयो । सांसद शाहीले आर्थिक समृद्धिको अभियानको नेतृत्व यूवाले लिनु पर्नेमा समेत जोड दिनुभयो ।

हुरेन्डेक नेपाल कालीकोट र दिगो विकासका लागि राष्ट्रिय यूवा सञ्जालको आयोजना तथा त्म्ज्द्यःश् जर्मनको सहयोग सञ्चालित सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य कृष्णराज धमालाले जलवायू परिबर्तनको असरलाई रोक्न, नबिकरणिय उर्जाको प्रयोगमा बृद्धि गर्न, अर्गानिक उत्पादन बढाउन, बिपादिजन्य पदार्थमा रोक लगाउनु पर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा कन्ट्री डाइरेक्टर श्यामकृष्ण श्रेष्ठले राष्ट्रिय यूवा परिषदलाई स्थानिय निकाय सम्म पुगाउनु पर्ने सुझाव राख्दै सरकार, नीजि क्षेत्र र नागरिक समाजले यूवा शक्तिलाई केन्द्र भागमा राखेर कार्य गर्दा मात्रै समृद्धि सम्भव हुनेमा जोड दिनुभयो ।
३ दिन सम्म सञ्चालन हुने सम्मेलनले दिगो विकासका लागि सुर्खेत घोषणा पत्र जारी गर्ने र जलवायू परिबर्तनका असर न्यूनिकरणमा यसले यसले महत्वपूर्ण भूमिका निर्बाह गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका अमृत देवकोटाले बताउनु भयो ।



Milan Shrestha । १७ आश्विन २०७५, बुधबार १७:४१ बजे