पशुस्वास्थ्य सेवा प्राविधिक सङ्घको कार्यालय स्थापना


अशोक राजी
०७ चैत्र सुर्खेत
नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक सङ्घको मध्यपश्चिमा अञ्चल बिकास क्षेत्र को क्षेत्रीय सम्पर्क कार्यालय आज देखि पुर्वि सुर्खेतको सहारेमा स्थापना गरिएको छ ।
सम्पर्क कार्यालयको आज एक समारोहका विच नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक सघका मध्यपश्चिम केन्द्रीय उपाध्यक्ष हिमराज डिसिले उदघाटन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मध्यपश्चिम केन्द्रीय उपाध्यक्ष हिमराज डिसिले सम्पर्क कार्यालयको उद्घाटन गर्दै पशु विकासका निमित्त यश सस्थाले अवका दिनमा वृह्रत रुपमा लागि पर्नेमा जोड दिनुभयो ।
मध्यपश्चिमका १५ वटै जिल्लालाई मध्यनजर गरेर सुर्खेतको सहारेमा सम्पर्क कार्यालय स्थापना समेत उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै निर्वाहमुखि कृषि र पशुपालन व्यसायिमुखि वनाउन जोड दिदै विदेश पलायन भएका युवा व्यरोजगार समस्यालाइ न्युनिकरण गरि युवालक्षित कृषि र पशु सम्वन्धि कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।
यसै गरि कृषिलाई वैज्ञानिकिकरण गर्ने, पशुमा लाग्ने विभिन्न रोग सम्वन्धि सेवा प्रवाह गर्नेजस्ता महत्त्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न लागिएको मेहेलकुनाबाट सहकर्मि मिना आचार्यले खबर पठाउनुभएको छ ।
नेपाली काङ्ग्रेस गाउ कार्य समिति सहारेका उपसभापति कमान सि विकको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक सघ सुर्खेतका अध्यक्ष दलवहादुर वलि ,समाज सेवि सुकराम परियार, मातृभुमि महिला समाज सहारे सुर्खेतका अध्यक्ष कमला विक लगायतले आआफना भनाइ राख्नुभएको थियो ।