
सुर्खेत,१८ असोज । मुख्य गरी कर्णाली प्रदेशमा बसोवास गर्दे आईरहेका १३ जातीय जनजातीहरुको कला साँस्कृति जगेर्ना सहित कृषि, सांस्कृति तथा पर्यटकिय प्रबर्द्धनको व्यापार गर्दै आर्थिक बृद्धि तथा विकास गर्ने र स्वदेशी उत्पानहरुको निर्यात प्रवर्धन एवम् आन्तरिक बजार सृदृढ पार्दे आयातलाई प्रतिस्थापन गरि कर्णाली क्षेत्रकै कृषि, उद्योग तथा पर्यटनको विकास गर्नेका लागी नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतको आयोजनामा कृषि तथा साँस्कृति पर्यटन व्यापार मेला २०७५ शुरु गरिने भएको छ ।
वीरेन्द्रनगरमा आज (बिहिबार) पत्रकार सम्मेलन गर्दे सम्मेलनका प्रमुख अतिथि जनजाती महासंघका अध्यक्ष पञ्चिसिंह रोकाय खाम्पाले उक्त जानकारी दिएका हुन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुर्खेतका अध्यक्ष प्रवास कुमार शाक्यको सभापतित्वमा सम्पन्न सम्मेलनमा विभिन्न उपसमितीहरु पनि गठन गरिएको छ जस अन्तर्गत संचार संयोजकमा मिलन श्रेष्ठ, प्रचार–प्रसारमा लक्ष्मी लामीछाने मगर, र्र्यालीमा गगनसिंह गुरुग, मञ्च व्यवस्थापनमा दुर्गाबहादुर चौधरी, अतिथि सत्कारमा निर्मला गाहामगर, साँस्कृतिक तथा झाँकिमा रुद्रबहादुर गाहा, स्टल व्यवस्थापनमा बिमला थापामगर, स्वास्थ्य तथा वीमामा लवमान श्रेष्ठ, कार्यालय व्यवस्थापनमा फत्तबहादुर सोती, कर्मचारी व्यवस्थापनमा डिलबहादुर बंशीमगर, मेला सचिवालयमा अशोक राजी, भेला संयोजकमा लाले कुमाल र सुन्दर, सुन्दरी प्रतियोगिता व्यवस्थापनमा जीवनकुमार शाक्य रहेका छन् ।
कार्यक्रममा अतिथि एवंम् सुन्दर, सुन्दरी प्रतियोगिता व्यवस्थापनमा जीवनकुमार शाक्यकले सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण हुने बौद्ध सरोवरमा बुद्धको मुर्ति स्थापनाको लागि महोत्सवको आयोजना लागेको जानकारी दिए । यसै गरी शाक्यका अनुशार ४५ फिट उचाई भएको बुद्धको मुर्ति स्थापना गरी पर्यटक प्रवर्धनमा सहयोग पु¥याउने लक्ष्य रहेको छ ।

आगामी कार्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा २५० वटा स्थल राखिने र उक्त मेला सफल पार्नका लागी सम्बन्धि निकायहलाई सहयोग गर्नका लागी पत्रकार सम्मेलनका अध्यक्ष प्रवासकुमार शाक्यले अनुरोध गरेका छन् ।




Milan Shrestha । १८ आश्विन २०७५, बिहीबार २२:१४ बजे