कोपिलाको अध्यक्षमा मल्ल चयन


कोपिला भ्याली सेवा समाज सुर्खेतको १७औं साधारण सभाबाट गोगनबहादुर मल्ल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

अनाथ, असाहय, अतिविपन्न तथा पिछडिएका बालबालिकाहरुको अध्ययन तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको समाजको वीरेन्द्रनगरमा सम्पन्न १७ औं साधारण सभाबाट मल्ल अध्यक्षमा सर्वसम्मतमा चयन हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा शान्ति तोलनी, सचिवमा चन्द्र बहादुर शाही, कोषाध्यक्षमा पुनम शाही सर्वसम्मत चयन हुनभएको छ भने सदस्यमा सरस्वती बुढा, पवन पाण्डे र झरना रानामगर चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई समाजका प्रवन्ध निर्देशक टोपबहादुर मल्लले समाजको गोप्यनियताको सपथ गराउनुभएको थियो । यस्तै सभामा कोषाध्यक्ष गिता बुढाले समाजको ३१ करोड ६६ लाख ८४ हजार ७ सय ६७ रुपैयाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।