नारीका नाकका फुलीलाई कमजोर नसम्झनुस – सावित्री सुवेदी


काठमाडौंमा पेटिकोट आन्दोलन गरेर चर्चामा आएकी सावित्री सुवेदीले नारीलाई कमजोर नम्झन चेतावनी दिएकी छन । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको न्यायका लागि कंचनपुर पुगेकी सुवेदीले भनिन, ‘नारीका नाकका फुलीलाई कमजोर नसम्झनुस, डिआइजीका काँधका फुली झार्न कुनै आइतवार लाग्नेछैन ।’

दिनप्रती दिन चेलीहरु बलात्कार भइरहेका घटनाहरु सार्बजनिक हुँदा समेत प्रहरी प्रसाशन र सरकार चुप लागेको प्रती सुवेदीले आक्रोसित हुंदै भनिन्, निर्मलाको हत्यारालाई पक्रन केले रोकेको छ ?, ‘हाम्रा डिआइजी बेला बेला बर्बराउनु हुन्छ, यो प्रहरी एसियाकै टप छ अरे ! अलिकती नैतिकता छ भने राजिनामा दिनुस ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा समेत हत्यारा पत्ता नलाग्दा न्याय माग्न आफु कंचनपुर पुग्दा ज्यादै दुख लागेको बताउदै सुवेदीले भनिन्, ‘आज निर्मला बलात्कारको सिकार भइन भोली तिम्रा छोरी चलीहरु हुनेछन, त्यसैले न्याय दिनुस ।’
न्यायका लागि शान्तीपुर्ण आन्दोलनमा प्रहरीले गरेको दमन र हस्तक्षेपको बिरोध गर्दै उनले न्याय माग्ने सर्बसाधारणलाई गोली हान्ने अधिकार कसले दियो भन्दै प्रश्न गरिन ।

शान्तीपुर्ण तरिकाले आन्दोलन गर्दा न्याय मिल्दैन भने भोली सशसत्र रुपमा आन्दोलन गर्न परे त्यसको जिम्मेवार प्रसाशन हुनुपर्ने उनको भनाइ थियो । निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्न रहेको भन्दै आशंका गरिएका केहि ब्यक्तीहरुको डिएनए प्ररिक्षण गर्दा म्याच नभएपछि घटना थप रहस्मय बन्दै गइरहेको छ ।

अनमोलपोष्ट अनलाइनबाट