
मिलन श्रेष्ठ
सुर्खेत, २१ असोज । सुर्खेत युवा कलाकारहरुले सामाजिक विभेद बिरुद्धको अभियानकै रुपमा सहित करिब एक बर्ष अघि प्रदर्शनीमा ल्याएका सामाजिक कथानाक चलचित्र अछुतको बार्षिक उपलक्ष्यमा कर्णाली कला प्रतिष्ठानले आईतबार(आज) श्रष्टा सम्मान सहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रि दल रावलले समृद्ध कर्णाली निर्माणका लागि यहांको भाषा, कला र संस्कृतिको पनि संरक्षण र बिकास हुनुपर्नेमा जोड दिनु भएको छ । यसै गरी मन्त्रि रावलले यो प्रदेश नेपाली भाषाको उद्गम स्थल हुनुका साथै कला, संस्कृति र संगीतमा पनि धनी प्रदशे भएको बताउदै यसको संरक्षण गर्नु पर्ने साथ सुर्खेती युवाहरुले एक बर्ष अगाडि निर्माण गरेको सामाजिक चलचित्र अछुतले समाजमा रहेका बिकृति र बिसंगीलाई कम गर्नेमा अहम भुमिका खेलेकोमा आगामी दिनहरुमा पनि यस्तै खालको सामजलाई चित्रण गर्ने र समाजमा रहेका कुरितीलाई अजागर गर्न खालको चलचित्र निर्माण गर्नमा जोड दिनु भएको थियो ।

कार्यक्रममा कर्णाली कला प्रतिष्ठानका कलाकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए भने जिल्लामा लामो समय देखि कलासाहित्यको क्षेत्रमा योगदान पुर्याउने र प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेका छन् । यसै गरी श्रष्टा सम्मान कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरु सीता नेपाली, दलसिं परियार, पद्मा खड्का लागायत बरिष्ठ कलाकारहरु प्रेमदेव गिरी, भिमबहादुर कार्काे, कुलमान नेपालीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम कर्णाली कला प्रतिष्ठान नेपालका अध्यक्ष बालकृष्ण सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Milan Shrestha । २१ आश्विन २०७५, आईतवार ०८:४३ बजे