
कालिकोट २५ असोज।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कालिकोटको अायोजनामा अाज कालिकोटमा भव्य शुभकामना अादान प्रदानसहितको चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
तत्कालीन नेकपा (एमाले )कालिकोटका उपाध्यक्ष रमेशकुमार शाहीको अध्यक्षता र संघीय व्यवस्थापिका सांसद दुर्ग वहादुर रावतको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका सबै राजनीतिक दल,जनप्रतिनिधि,कार्यालय प्रमुख,संघ संस्था,उधोगी व्यापारी लगाएतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सफल भएको नेकपा युवा नेता चित्रसिंह गाउँलेले जानकारी गराउनु भयो ।
स्थानीय तहका सबै पालिका सम्ममा शुभकामना अादान प्रदानका कार्यक्रम अायोजना गर्ने नेकपा कालिकोटको निर्णय रहेकोमा जिल्ला स्तरबाट त्यसको कार्यान्वयन सुरु भएको नेता गाउँलेको भनाइ छ ।
शुभकामना अादान प्रदान कार्यक्रममा सांसद रावतका साथै तत्कालीन नेकपा(एमाले)कर्णाली प्रदेश संगठन कमिटी सदस्य तुलाराज विष्ट,तत्कालीन माअोवादी केन्द्रका पोलिट व्युरो सदस्य विष्णु वहादुर विक,कांग्रेस कालिकोटका सह सचिव दमन वहादुर शाही,खाडाँचक्र नगरपालिका का प्रमुख जसीप्रसाद पाण्डे लगाएतले मन्तव्य मार्फत शुभकामना दिएका थिए ।



Milan Shrestha । २५ आश्विन २०७५, बिहीबार १६:१६ बजे