वडाद्वारा खेलाडीहरुलाई सम्मान


१८ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ न‌ं वडा कार्यालयले आज यूवा लक्षित कार्यक्रम अन्तरगर्त वडामा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी डम्मर विक्रम जिसीले वडामा रहेका खेलाडीहरुलाई भेला गराई सम्मान गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहॉले खेलाडीलाई समयसाक्षेप कार्यक्रम गर्न वडालाई आग्रह गर्नुभयो ।

सम्मान कार्यक्रममा एथ्लेटिक्सका प्रशिक्षक रामबहादुर वलीले  आफू २०४५ साल देखि खेल क्षेत्रमा लागि रहेको र अहिले आफ्नो वडाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै खेलाडीहरुलाई अझ उत्साह थप्न आग्रह गर्नुभयो ।

त्यस्तै कर्णाली प्रदेश खेलकूद परिषदका सदस्य अर्जुनजंग शाहीले ९ नं वडामा खेलाडीहरुकालागि पूर्वाधार नभएकोलेले पूर्वाधार विकास गर्न आग्रह गर्नुभयो ।

समाजसेवी ऋषी गिरीले यस्ता कार्यक्रमहरु गर्दा वडामा रहेका खेलाडीहरुको प्रभावकारिता हेरि कार्यक्रम गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको समयमा यूवापु्स्ता खेलमा भन्दा वढी मोबाइलका गेममा बढी व्यस्त हुने भएकोलेले त्यसलाई चिर्न आवश्यक रहेको औत्याउनुभयो ।

त्यस्तै फूटवलका पूर्व खेलाडी एवं उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ९ नं वडाले चलाएको यूवा लक्षित कार्यक्रमको नैतिक शिक्षा कार्यक्रम प्रभावकारिता तर्फ ब,ढीरहेको बताउनुभयो ।

कर्णाली प्रदेश खेलकूद परिषदका कार्यालय प्रमुख विरोधविक्रम जिसीले यस्ता कार्यक्रमहरु गर्दा सम्वन्धित पक्ष संग सहकार्य गरेर आयोजना गर्न वडालाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले छोटो समयमा  खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको र आगामी दिनमा बृहद तरिकाले कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा खेलाडीहरु राम वली, रमेश तुलाधार, सोना थापा लगाएत वडामा रहेका खेलाडीहरुलाई सम्मान गरिएको वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।