पर्यटन पत्रकार महासंघको उद्देश्य कार्यान्वनमा प्रदेश सरकार प्रतिबद्ध–राज्यमन्त्री रावल


असोज २७, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नेपाल पर्यटन पत्रकार महासंघको उद्देश्य कार्यान्वनमा प्रदेश सरकार प्रतिबद्ध रहेका बताउनु भएको छ । नेपाल पर्यटन पत्रकार महासंघ सुदुरपश्ञ्चिम प्रदेशको पहिलो अविधेशन उद्घाटनमा उहाँले जुन अपेक्षा, उद्देश्य र चिन्तन दिएर पर्यटन पत्रकार महासंघ गठन गरेको छ त्यो उद्देश्य पूरा गर्न प्रदेश सरकार तयार रहेकोमा जोड दिनुभयो ।

राज्यमन्त्री रावलले सुदूरपश्चिम प्रदेशका पर्यटनको धेरै सम्भावना रहेको उल्लेख गर्दै नेपाललाई समृद्धिको बाटोमा अगाडी बढाउन पनि पर्यटनको ठूलो भूमिका रहेको दाबी गर्नुभयो । उहाँले पर्यटन पत्रकार महासंघबाट सल्लाह लिएर प्रदेश सरकार पर्यटनका गतिविधिहरुलाई अगाडि बढाउने बताउँदै रावलले यस क्षेत्रका पर्यटकीय स्थलहरुको बारे थप चर्चा परिचर्चाको आबस्यकता औंल्याउनुभयो ।

कार्यक्रममा अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिक खेल्ने उल्लेख गर्दै डडेल्धुराको पर्यटन क्षेत्रको विकासको लागि सबै स्थानीय तहहरुबीच प्रचारप्रसारका लागि प्रतिष्पर्धा हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

सोही कार्याक्रममा नेपाल पर्यटन पत्रकार महासंका अध्यक्ष धनिराम शर्माले देशलाई समृद्धिको बाटोमा लाग्नका लागि पत्रकारको ठूलो भूमिका रहेकोमा जोड दिदै हिजोका दिनमा राजनीतिक आन्दोेलनमा पत्रकराहरुले ठूलो भूमिका निर्बाह गरे,े अब पत्रकारहरु आर्थिक अभियानमा लाग्नु पर्ने बताउनुभयो ।