कालिकोटमा स्थानीय कृषि उत्पादन प्रदर्शनी


असोज २९, कालीकोट ।

स्थानीय कृषि उत्पादनको बजारिकरणको लागि तिलागुफा नगरपालिकामा कृषि मेला प्रदर्शनी गरिएको छ ।

तिलागुफा नगरपालिका कृषि शाखाको आयोजना तथा भिडिसेफ नेपाल कालिकोटको सहयोगमा नगरभित्रका स्थानीय कृषकले उत्पादन गरेका कृषि उत्पादन प्रदर्शनी गरिएको हो ।

तिलागुफा–६ स्थित सत्यदेवी आधारभुत विद्यालयमा आयोजना गरिएको प्रदर्शनीमा स्थानीय ७० जना कृषकले आफ्नो कृषि उत्पादन प्रदर्शनीमा ल्याएका थिए । जसमध्ये उत्कृष्टताका आधारमा ४० कृषकलाई पुरस्कृत गरिएको छ ।

तिलागुफा नगरपालिका कृषि शाखा प्रमूख गणेश अधिकारीले कृषकले उत्पादन गरेका कृषि उत्पादनको बजारिकरण तथा व्यवसायीक खेतीलाई उत्साह दिने उद्देश्यले कृषि मेला प्रदर्शनी आयोजना गरिएको बताए ।

तिलागुफा नगरपालिका स्याउ उत्पादनको केन्द्रका रुपमा चिनिएकाले यसलाई पनि बजारिकरण गर्नेमा नगरपालिकाले सहयोग गर्ने अधिकारीले बताए । तिलागुफा नगर उपप्रमूख दर्शना नेपालीले नगरले आन्तरिक आय नै कृषि उत्पादनबाट लिने योजना रहेको बताइन् । साथै हरेक वडामा व्यवसायीक कृषकलाई विभिन्न कृषि प्रविधि सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

तिलागुफामा स्याउ, सिमी, ओखर, रातो चामल उत्पादनका लागि कृषकलाई आकर्षित गर्ने नगरपालिकाको योजना रहेको बताइएको छ । तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले नगरले आफ्नो स्थानीय कृषि उत्पादनको बजारिकरणका लागि कर्णाली राजमार्गको ठाँउ ठाँउमा कोशेली घर स्थापना गर्न लागेको बताए । यसका लागि नगरपालिकाले पहिलो वर्ष नगरका ११ वटा वडामध्ये १० वडामा सडकको ट्रयाक खुलाइसकेको छ । अन्नपूर्णबाट