
पवन जायसवाल
नेपालगञ्ज (बाँके) ।
प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले विभिन्न समस्यामा परेका ब्यक्ति तथा संस्थाहरुलाई आफ्नो पारिश्रमिकबाट सहयोग गर्दै आउनुभएको छ । यसरी सोही क्रममा भाद्र १० गते मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखालाई सहयोग प्रदान गर्नुभएको छ ।
साँसद डा. राणाले आफूले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै आएको पारिश्रमिक बापतको रकमबाट रु. ५० हजार रुपैया गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको संस्थागत विकासका लागी सहयोग स्वरुप प्रदान गर्नुभएको छ । गैसस महासंघ नेपाल बाँकेको नेपालगन्ज स्थित कार्यालयमा आयोजित विशेष समारोहका बीच डा. राणाले ५० हजार रुपैया बराबरको चेक प्रदान गैसस महासंघ नेपाललाई प्रदान गरेको गैसस नेपाल बाँकेका सचिव रमेश सिटौलाले जानकारी दिनुभयो । यसरी डा. राणाले आफ्नो हरेक महिनाको पारिश्रमिक बिभिन्न सामाजिक कार्यको लागी सहयोग गर्दै आउनुभएको छ ।
सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै साँसद डा. राणाले राजनीतिमा लागेर पदमा पुगेका ब्यक्तिहरु सबै खराव, भ्रष्ट र फटाह हुन्छन् भन्ने भ्रम चिर्नका लागी आफूले प्राप्त गर्ने पारिश्रमिक सामाजिक कार्यमा लागेका संस्था तथा बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ । उहाँले आफूले गरेको सानो सहयोगले सक्रिय रुपमा सामाजिक कार्यमा लागेका संस्थाहरुको सामाजिक कार्यमा थप वल पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले डा. धवल शम्शेर राणाले सुरुवात देखि नै आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै समाजमा सबै मन भएका ब्यक्तिहरुसंग धन र धन भएकाहरुसंग मन नहुने बताउदै मन र धन दुबै भएको ब्यक्ति डा. राणा भएको जिकिर गर्नुभयो ।

यसैगरी सोही क्रममा मंगलवार नै डा.धवल शम्शेर राणाले बाँके जिल्लाको डुडुवा गाउँपालिका वार्ड २ बेतहनीमा भएको सडक दुर्घटनामा एकै परिवारका दुई बालकको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । राणाले शोकाकुल परिवारको घरमै पुगेर सान्त्वना प्रदान गर्दै आमा बन्दना गोडिया र बुवा हरिद्वार गोडियालाई आर्थिक सहयोग स्वरूप रु. ५० हजार सहयोग प्रदान गर्नुभयो । साथै डुडुवा गाउँपालिकाका स्थायी बासिन्दा कामता अहिरको घरको धुरी भत्किएर भएको क्षतिपछि पुनःनिर्माण कार्यको लागि राज्यबाट प्राप्त आफ्नो तलब भत्ताबाट रू. ५० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।
डा. धवल शम्शेर राणाले नेपालगन्ज उप–महानगरपालिकाको नगरप्रमुख हुँदा देखिनै आफूले पाउने भत्ता तथा पारिश्रमिक विभिन्न संघ संस्थालाई प्रदान गर्दै आउनुभएको थियो । चेक हस्तान्तरण कार्यक्रममा यादव समाजका उपाध्यक्ष विमला यादव, हेमराज यादव, सचिव रमेश यादव लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । ११ भाद्र २०८२, बुधबार २१:४५ बजे