
१ कार्तिक, सुर्खेत । रियालिटी शो नेपाल आइडल सिजन २ मा उत्कृष्ट ९ मा पर्न सफल सुर्खेतका शेर सुविन सिंहले आफूलाई नेपाल आइडल सिजन २ को विजेता बनाउनकालागि सम्पूर्ण कर्णाली प्रदेशबासीहरुमा अनुरोध गर्नुभएको छ । आइडलमा आफ्नो प्रस्तुतीले मात्र केही नहुनेभएकोले सम्पूर्ण कर्णाली प्रदेशबासी तथा नेपालका सम्पूर्ण देशबासीहरुमा भोट गरि सहयोग गरिदिनहुन अपिल गर्नुभएको हो ।
सुविनले कार्यक्रममा निर्णायक निर्णय र भोट पनि उत्तिकै महत्वपूर्ण भएकोले भोटको अपिल गर्नुभएको हो ।
दशैं मनाउन गृह जिल्ला सुर्खेत आउनुभएका सुविन गृह जिल्लामा आएपछि अझै संगितमा केही गर्ने उत्साह जागेको बताउनुभयो ।



Milan Shrestha । १ कार्तिक २०७५, बिहीबार १४:४८ बजे