माओवादी कथामा फिल्म बनाउँदै सरोज खनाल, ७० प्रतिशत दृश्य जेलमै खिचिने


अमेरिकाबाट फर्किएपछि अरु निर्माताको लगानीमा चलचित्र खेल्दै आएका छन्, सरोज खनालले । उनले आफू पनि चलचित्र निर्माण गर्ने बताएपनि यसको सुरुवात गर्न सकेका छैनन् ।
तर, अब नायक सरोज खनालले निर्देशक विकास आचार्यसँग मिलेर एउटा चलचित्र निर्माण गर्ने भएका छन् । यो चलचित्रको नाम तय गरिएको छैन, तर कथावस्तु तयार भैसकेको छ ।
निर्देशक विकास आचार्यको अनुसार यो एक माओवादी लिडरको कथामा निर्माण हुन लागेको चलचित्र हो । जसको ७० प्रतिशत दृश्य जेल भित्र नै खिचिनेछ ।
यो चलचित्रमा कुनै गीत पनि हुनेछैन । निर्देशक आचार्य र निर्माता तथा कलाकार सरोज यसलाई नेपाली चलचित्रमा एक नयाँ प्रयोग भन्न रुचाउँछन् ।
अहिले लोकेशन हेर्ने काम भैरहेको आचार्यको भनाई छ । चलचित्रको कथा विकासले नै लेखेका हुन् । चलचित्र क्षेत्रका लागि नयाँ खालको चलचित्र बनाउने बताउँदै आएका सरोजले अब भने प्रयोगात्मक चलचित्र बनाउन लागेका छन् । चलचित्रको मुख्य भूमिकामा खनाल आफै रहनेछन् ।
डाक्टर बाबुराम भट्टराइको नयाँ शक्तिमा गएपछि सरोजको चलचित्र भन्दा राजनीतिक चर्चा बढी छ ।

साभारः अनलाइन खबर