कांग्रेस संबिधान कार्यान्वयनमा भूमिका खेल्ने–नेता राणा


कार्तिक १८, कालीकोट । नेपाल तरुण दलका निबर्तमान केन्द्रिय अध्यक्ष उदय शम्शेर राणाले अब कांग्रेस ग्रामीण बस्तीमा गई जनताको आधारभुत आबस्यकतालाई ध्यान दिदै लोकतान्त्रीक संबिधानलाई सफल कार्यान्वयनमा भूमिका खेल्ने बताउनु भएको छ ।

बर्तमान सरकारले नागरिकको पक्षमा अपेक्षा गरे अनुरुप काम नगरी महिला माथि हिंसा गर्नेलाई संरक्षण गरि कानुनी राज्यको खिल्ली उडाउँदै प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका माथि पनि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै अब कांग्रेसले केन्द्र देखि स्थानीय तह सम्म शसक्त प्रतिपक्षको भुमिका निर्बाह गर्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेस तिलागुफा नगर कालीकोटको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब अर्थ राज्यमन्त्री समेत रहेका राणाले कांग्रेसलाई संकट परेको बेला गाउँ र जिल्लामा बसेर संगठन प्रति रात दिन खटिने नेता तथा कार्यकर्ताको अब केन्द्रिय नेतृत्व र पार्टीले उचित मुल्यांकन गर्ने आश्वासन दिदै कालीकोट कांग्रेसका कार्यकर्तालाई उर्जाशिल भएर संगठन बिस्तारमा लाग्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा कालीकोट कांग्रेस सभापति हर्ष बम, नेता हिक्मत बिस्ट, उपसभापति शंकर उपाध्याय, सहसचिव दमन शाही लगायत जिल्ला अन्य जिल्लाका नेताहरुले पनि अब कांगे्रस ग्रामिण स्तरमा क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।