३ जेठ, सुर्खेत । भोली जेठ ४ गतेबाट लागुहुने गरि सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ ।
सरकारले सार्वजनिक सवारीमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागले साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै विभाग अन्तरगत सवारी परिक्षण कार्यालयबाट “स्तरिय डिलक्स” कायम भएका सवारीको हकमा तोकिएको भाडामा २० प्रतिशत सम्म थप भाडा लिन सकिने सूचनामा जनाइएको छ ।
विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।
हेर्नुहोस भाडा कति पुग्यो ।



Prawash Kumar Shakya । ३ जेष्ठ २०७९, मंगलवार १९:१९ बजे