
१६ पौष, सुर्खेत । आजबाट शुरु भएको भ्रमण बर्ष २०२० लाई सफल पार्नकालागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको ९ नं. वडा कार्यालयले यही पौष १९ गते शनिवार खुला दौड प्रतियोगिताको आयोजना गर्दे भएको छ ।
ऐतिहासिक काँक्रेविहार परिसरबाट वडा मै रहेको अँधेरी गुफा सम्म दौड प्रतियोगिताको आयोजना गरिएको हो ।
कला संस्कति एवं पर्यटकिय क्षेत्रको प्रवर्धन एवं प्रचारप्रचार गर्नकालागि करिव ७ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरेका हौ । ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।
खुला दौडमा १८ बर्ष देखि माथिका यूवाहरुले सहभागिता जनाउन सक्ने अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
१९ गते शनिवार विहान ८ बजे काँक्रेविहार परिसरबाट दौड प्रतियोगिता आरम्भ हुनेे बताइएको छ ।




Milan Shrestha । १६ पुष २०७६, बुधबार ११:३६ बजे