पाँचखालमा बस दुर्घटना, २ को मृत्यु


काभ्रे- दोलखाको मालुङबाट काठमाडौं तर्फ आउँदै गरेको बस पाँचखाल केराघारी नजिकै दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ। बा ३ ख ७९३८ नम्वरको बसमा सबार २४ घाइते छन् भने ५ जनाको अवस्था चिन्ताजनक छ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।
बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। बसको ठक्करबाट बा ३९ प ८६४५ को मोटरसाइकलमा सवार नानीराम सापकोटाका दम्पति पनि घाइते भएका छन्।
साभारः नागरिक अनलाइन