
१ असोज, सुर्खेत । गुरुङ्ग जातिहरुको संस्था तमु ह्युल छोज धीं (गुरुङ्ग राष्ट्रिय परिषद) कर्णाली प्रदेश, जिल्ला कार्यसमिति र महिला महासंघ जिल्ला कार्यसमितिको संयूक्त अधिवेशन सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको दोश्रो अधिवेशनले अध्यक्षमा हस्तबहादुर गुरुङ्ग, वरिष्ठ उपाध्यक्षमा वासना गुरुङ्ग, उपाध्यक्षमा दुर्ग गुरुङ्ग, सचिवमा ललितबहादुर गुरुङ्ग र कोषाध्यक्षमा भद्रबहादुर गुरुङ्ग सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खड्ग गुरुङ्ग, मुकड गुरुङ्ग, भक्तबहादुर गुरुङ्ग र रुद्रबहादुर गुरुङ्ग चयन हुनुभएको छ ।
यस्तै पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गगन सिं गुरुङ्ग वरिष्ठ उपाध्यक्षमा कमला गुरुङ्ग उपाध्यक्षमा पदम घले सचिवमा मिना गुरुङ्ग, संगठन सचिवमा कृष्णबहादुर गुरुङ्ग, प्रचार सचिवमा हेमन्त गुरुङ्ग र कोषाध्यक्षमा नरबहादुर गुरुङ्ग चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रमा गुरुङ्ग, मानबहादुर गुरुङ्ग, धनबहादुर गुरुङ्ग, पुष्षा गुरुङ्ग, नरेन्द्र गुरुङ्ग र दानबहादुर गुरुङ्ग चयन हुनुभएको छ ।
यस्तै महिला महासंघको चौथो जिल्लाअधिवेशनले अध्यक्षमा खगीसरा गुरुङ्ग उपाध्यक्षमा टिका गुरुङ्ग, सचिवमा टिका घलेऽ कोषाध्यक्षमा माया गुरुङ्ग चयन हुनुभएको छ भने सदस्यहरुमा दुर्गा गुरुङ्ग दिलमाया गुरुङ्ग लक्ष्मी गुरुङ्ग रामश्वरी गुरुङ्ग र नानुमाया गुरुङ्ग चयन हुनुभएको छ ।



Prawash Kumar Shakya । १ आश्विन २०७९, शनिबार २१:३० बजे