भेरी ग्यास पाइन्न कि भनेर चिन्ता नलिनुसः दाहाल


११ चैत्र, सुर्खेत । तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको समय भएपनि सुर्खेतको वीरेन्द्रनगरमा भेरी ग्यास मौज्दात रहेको भेरी ग्यास सुर्खेतका आधिकारिक विक्रेता नन्दनी ट्रेडर्सले जनाएको छ ।

नन्दनी ट्रेडर्सका विनोद दाहालले आज लकडाउनको पहिलो दिन करिब १ सय ५० थान ग्यास सिलिण्डर विक्रि वितरण भएको र आफू संग थप ६ सय ५० बजारमा पिपिरीमा करिव १ सय तथा बाँङ्गेसिमलमा करिब १ सय ५० थान ग्यास सिलिण्डर मौज्दात रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो । भोली बुधवार थप करिब ११ सय थान ग्यास सिलिण्डर आउन लागेको छ त्यसैले ग्यास पाइन्नकी भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन् ।