
पौष १५, सुर्खेत ।
छिमेकी चिनमा बसोवास गर्दै आएका नेपालीले कालीकोट पलाँता खाडा नीवासी अग्नि पीडितलाई राहत संकलन गरेकाछन् ।
कालीकोट निवासी केशबबहादुर कठायत लगायतका २१ जनाले नगद सहित राहत सामाग्री संकलन गरेका हुन् । स्वीटर, ट्राउजर, नोटबुक, कलम लगायतका १ लाख, ३० हजार बराबरको सामाग्री र ७० हजार नगद संकलन गरिएको कठायतले जानकारी दिनुभयो ।
खाडावासीको पीडा पनि आफूहरुको पीडा महशुस गरि चिनमा बसोबास गर्नेहरुले उक्त रकम र सामाग्री जुटाएर सम्बन्धित निकायमा पुगाइएको कठायतले बताउनुभयो ।
Milan Shrestha । १५ पुष २०७५, आईतवार १०:५६ बजे