
कर्णालीमा सहुलियत टिकट वितरण अब एयरलाईन्स बाटै
अविरल ढकाल
फागुन १४, जुम्ला ।
वर्षौ देखि कर्णालीमा हवाई टिकटको लागि सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । सामान्य नागरिकले विरामी देखि यात्रा गर्दा समेत कहिले आफ्नै चाहेको बेला टिकट पाएको अबस्था छैन । यात्रु हवाई टिकटको लागि लाईनमा बसे पनि पावरवालाहरुले भने एक कल फोनको भरमा हवाई टिकट वितरण हुने विकृृतीलाइ रोक्नको लागि कर्णालीमा सहुलियत उडान भर्दै आएका सम्वन्धि एयरलाईन्स बाट नै टिकट वितरण गरिने भएको छ ।
हवाई टिकटको लागि कर्णालीमा वर्षौ देखि मनपरी तन्त्र चलिरहेको छ । धेरै पटक कर्णालीका जनताले सहज हवाई सेवा नपाएको गुनासो आउदाँ पनि कुनै निकायले त्यस तर्फ ध्यान दिएको पाईदैन ।
जसका कारण अहिले टिकट पाउन कर्मचारीलाई गुहार्नु पर्ने कर्णालीबासीको बाध्यता एकातिर छ भने अर्कोतिर समयमै टिक नपाएर कतिले ज्यान समेत गुमाएका छन् । “नेपालगञ्ज देखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ” ।
टिकट अब एयरलाईन्सलेनै दिने
अब नेपालगञ्ज विमानस्थल देखि कर्णालीका सबै जिल्लाहरुमा उडान गर्ने विभिन्न एयरलाईन्सको सहुलियत टिकट बितरणको जिम्मा एयरलाईन्स आफैँले लिने भएका छन् । बर्षौदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरीलाई रोक्न सम्बन्धित एयरलाईन्सलाई नै बितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले बताउनुभयो ।
उहाँका अनुसार यो भन्दा अगाडि सम्बन्धित जिल्लाका मान्छेहरु द्वारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट बितरणमा मनपरी हुने गरेको हो । सामान्य नागरिकहरुले हवाई सेवा नपाएको गुनासो धेरै आयो । उहाँले थप्नुभयो पहिला गठन भएा समितिहरुले गरेको मनपरीलाई रोक्न पनि अब एयरलाईन्सहरुले आफै सहुलियत टिकट वितरण थालेको हो ।
सहुलियत उडानका फाईदा
निजी विमान कम्पनीहरुलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपाङ्ग र बिद्यार्थीलाई बिशेष प्राथामिकतामा राखेर टिकट बितरण गर्न समेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको उहाको भनाई छ ।
विशेष क्षमता भएका नागरिकहरुको सेवाका लागि जारी पत्रमा उल्लेख गरिएका व्यवस्थाहरु अहिले सम्म कुनै पनि कर्णालीको हकमा कार्यान्वयन भएको अबस्था देखिदैन । अशक्त व्यक्ति, विद्यार्थीहरुका लागि दिइने विशषे सहुलियतमा पनि कटौती हँुदै आएको छ ।
अब त्यसलाई रोक्ने प्रमुख तिवारीको भनाइछ । यता जुम्लामा सिता एयरलाईन्सका राम रावलले जारी पत्रमा भएका सेवाहरु कर्णालीबाट पाईरहेको दाबी गरेका छन् ।
प्रमुख तिवारीले भन्नुभयो, अब सिधै विमान कम्पनीको कार्यालयमा गएर यात्रुले सहुलियत टिकट लिन सक्नेछन् । कर्णालीमा तारा, गोमा र सिता एयरलाईन्सले हप्तामा एउटा सहुलियत उडान भर्दै आएका छन् भने नेपाल एयरलाईन्सले भने एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान भर्दै आएको छ । प्रायः निजी विमान कम्पनीहरुले चार्टर उडानलाई प्राथामिकतामा राखेर सहुलियत उडानमा ढिलाई गर्ने पाइएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथामिकतामा राखेर उडान गर्न नेपाल वायु सेवा निगमले निजी विमान कम्पनीलाई आग्रह समेत गरको छ ।
Milan Shrestha । १४ फाल्गुन २०७४, सोमबार ११:२९ बजे