नविल बैंकको शाखा,सुर्खेतमा


तस्विरः सन्तोष श्रेष्ठ ।

मिलन श्रेष्ठ
सुर्खेत, १९ चैत ।
पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ठूला बैंकहरुले शाखा स्थापना गर्ने क्रम बढेको छ । यसैक्रममा सोमवार मात्रै नेपाल राष्ट्र बैंकको ‘क’ वर्गको इजाजत प्राप्त नविल बैंकले शाखा स्थापना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंकका संचालक समितिक अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्तरुपमा उद्घाटन गरेका छन् । सोमवार नै सुर्खेतसहित कैलालीको टिकापुर र दाङको लमहीमा पनि शाखा स्थापना गरिएको छ ।
मुख्यमन्त्री शाहीले बैंकको आगमनसंगै कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्ने अपेक्षा व्यक्त गरे । उनले बैंकले दिने सेवासुविधाबाट प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै बैंकलाई साझेदार संस्थाको रुपमा पाएकोमा खुशी प्रकट गरे । बैंक संचालन समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले समाजमा छरिएर रहेका समुदायलाई बैंकिङ आवश्यकता पूरा गर्नु बैंकको उद्देश्य रहेको बताए । उनले उद्यमशीलता, रोजगारी सिर्जनामा पनि टेवा पु¥याउने उल्लेख गरे ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समाजका विभिन्न तहलाई बढीभन्दा बढी सेवा उपलव्ध गराउन मुलुकभर शाखा स्थापना गरेको बताए । उनले कर्णाली प्रदेशमा थप ५ वटा शाखा स्थापना गर्ने लक्ष्य रहेको जनाए । बैंकले हाल ६२ वटा शाखा, १०९ वटा एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको उनले बताए ।