
२७ कार्तिक, दैलेख (दुल्लू)। दैलेखको दुल्लुमा मंगलबार (आज) देखि २ दिने सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठि सुरु भएको छ । जिल्लाको दुल्लू नगरपालिका स्थित पटांगिनीमा रहेका सांस्कृतिक, धार्मिक पुरातात्विक तथा ऐतिहासिक सम्पदा तथा संस्कृतीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उदेश्यका साथ २ दिने सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिको आयोजना सङ्गोष्ठि सुरु भएको हो ।
उक्त गोष्ठिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै कुलपति उप्रेतिले भाषिक तथा सांस्कृतिक सम्पदालाई पहिचान गर्न नसकेकोले सतहमा परेको बताउदै उनले दैलेखमा रहेको नेपालको गरिमालाई उजागर गर्ने भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्थानिय सरकार जागरुक हुनुपर्नेमा जोड दिए ।सम्पदा संरक्षणका लागि स्थानीय सरकारले गुरुयोजना बनाई अगाडि बढाएमा केन्द्र सरकारलाई कार्यान्वयनमा आफुहरुले दवाव दिने बताए ।
महोत्सवमा प्रस्तुत गरिएका लोपन्मुख संस्कृतिको दृश्यावलोकन गर्दै उनले यस्ता संस्कृतिलाई नेपाल संगित नाट्य प्रतिष्ठानको स्थापना गरि रेकर्डिङ्गको माध्यमद्वारा विश्वसामु पहिचान दिलाउन सहयोग गर्ने प्रतिवद्वता जनाए ।
वाङ्मय सङ्गोष्ठिको उद्घाटनमा अतिथीहरुलाई दहि चावल र पगडी बाधेर स्वागत तथा सम्मान गरिएको थियो ।
दुल्लुमा लोक सांस्कृतिक महोत्सबको आयोजना गर्ने नगरपालिकाको लक्ष अनुरुप सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिको आयोजना गरिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारि दिए । उनले दैलेखको दुल्लु क्षेत्रमा देशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरु रहेको बताउँदै त्यसको प्रचार प्रसार, संरक्षण र प्रर्बद्धन गर्न नगरपालिकाले पहल थालेको बताए ।
वाङ्मय सङ्गोष्ठिमा राष्ट्रिय समाचार समितिका अध्यक्ष एंव बरिष्ठ कवि हरिहर अधिकारी ‘श्यामल’ले दैलेख जिल्ला सांस्कृति सम्पदाले भरिपूर्ण रहेको बताए । उनले दुल्लुमा रहेका सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि तिनवटै तहका सरकारले लगानीमा ध्यान दिनुपर्ने बताए ।
“खर्च गर्नकै लागि लगानी गरेर मात्रै हुँदैन, लगानीको परिणाम देखिनुपर्छ ।“ उनले भने दैलेख र दुल्लु क्षेत्र नेपाली भ्यताको उद्गम स्थल रहेको बताउदै अध्यक्ष श्यामलले दैलेखलाई पर्यटनको आधार क्षेत्र बनाउन सकिने धारणा राखे । उद्घाटन समारोहमा प्रा।जगत् उपाध्याय ‘प्रेक्षित’ इतिहासकार एंव नेपाल प्रज्ञा प्रतिठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्त, प्रतिनीधि सभा सदस्य राज बहादुर बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले मन्तव्य राखेका थिए ।
गोष्ठिमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष रमेश प्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा। विष्णुविभु घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जिवेन्द्र देव गीरी, पूर्व प्रज्ञा सदस्य जगमान गुरुङ्ग, भाषाविद् डा माधव पोखरेल, डा। मधुसुदन गिरी, प्रा।डा। सुदन कुमार पौड्याल लगाएतका विज्ञहरु सहभागि छन् ।
बृहत वाङ्मय सङ्गोष्ठि नेपाल प्रज्ञा प्रतिष्ठान, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, जिसस दैलेख, दुल्लु नगरपालिका लगाएतका अन्य तिन स्थानीय तहको संयुक्त आयोजनामा सुरु भएको हो । दुल्लु सांस्कृतिक महोत्सब तथा बृहत वाङ्मय सङ्गोष्ठिमा दुल्लु क्षेत्रमा रहेको स्थानीय सांस्कृतिक तथा झाँकी, तरबार नाच, फड्को नाच, हुड्के नाच, रतेउली नाच लगाएत मौलिक परम्परासंग सम्बन्धित नाचहरु प्रस्तुत गरिएको थियो ।
बुधबार प्रा।जगत् उपाध्याय ‘प्रेक्षित’ले नेपाली कवितामा कर्णालीको स्थिति सम्बन्धि कार्यपत्र, प्रा।डा।डिल्लीराम शर्माले कर्णाली भेगमा ती सांस्कृतिक सम्पदा र ती सांस्कृतिक सम्पदाहरुमा अभिव्यक्ति हुने धार्मिक समन्वय सम्बन्धि कार्यपत्र प्रस्तुत रहने छ ।
त्यस्तै मधुसुदन गिरीले कर्णाली प्रदेशको लोकवार्ताको बारेमा कार्यपत्र, डिल्लीप्रसाद पाण्डेले दुल्लू, दैलेखक्षेत्रमा रहेका संस्कृत र नेपाली भाषा अभिलेखका बारेमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
साभारः दुल्लुखबर ।



Milan Shrestha । २७ कार्तिक २०७५, मंगलवार २०:०३ बजे