
२३ श्रावण, सुर्खेत । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ । यही सामाजिक सञ्जालको प्रयोगबाट अहिले सहयोगी हातहरु पनि जुटाउन सजिलो भएको छ ।
कोरोना महामारीको यो समयमा भने सामाजिक सञ्जाल सहयोग जुटाउने बाटो नै बनेको छ । देशविदेशमा रहेका तमाम नेपालीहरु अहिले सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न सहयोग जुटाइ रहेको पाइन्छ ।
यसैवीचमा यही साउन १५ गतेका दिन यस अनलाईन खबरका सह-सम्पादक मिलन श्रेष्ठले भैरवी गाउँपालिका डाडिमाडि स्थीत हिमालय माविका शिक्षक एवंम् समाजसेवी जंगबहादुर शाहीले आफ्नो सामाजिक सञ्जालमा सोहि गाउपालिका का ७१ बर्षिय चन्द्रबहादुर थापाको दुबै खुट्टा काट्नु पर्ने र उहाँको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचारको लागी सहयोगको अपिल देखे पछि सहसम्पादक श्रेष्ठले चालेको अभियामा आर्थिक सहयोग जुट्नुका साथै प्रदेश अस्पतालको प्रशासन संगको समन्वयनमा थापालाई औषधि उपचारमा सम्पुर्ण छुट दिएको छ ।
यसै गरि थापाको उपचारको लागी केहि मनकारी दाताहरुले आर्थिक सहयोग गर्नु भएको छ । आर्थिक सहयोग गर्नेहरुमा समाजसेवी सन्तोषी सिंहले रु २ हजार ५ सय । नेपाल ट्रेड यूनियन काँग्रेस कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीले रु ३ हजार १ सय, लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले रु ५ हजार, लायन्स क्लब अफ सुर्खेत शिबबिहारले रु ५ हजार सहयोग गरेको छ । सहयोग रकमबाट थापालाई १ महिनालाई पुग्ने खाद्यान्न सहित नगद थापाका छोरा दिनेश थापालाई हस्तान्तरण गरिएको छ भने । सहसम्पादकले रु १० हजारको ह्वील चियर सहयोग गर्नु भएको छ ।
बिगत लामो समय देखि ब्रजर्स डिजिस (खुटाको नसामा रगतको खराबी) का कारण समस्या देखिएपछि खुटा काट्नु परेको थापाको उपचारमा खटिनु भएको हाडजोर्नि विशेषज्ञ डा.रुपक कँडेलले बताउनुभयो । डा. कँडेले भन्नु भयो ‘उहांको दुबै खुट्टा काट्नु पर्दछ कि भनेर सोचि रहेका थियौ तर अहिले उहाँको दाहिने खुटा मात्र काटेर पठाएका छौ, पुन एक महिना पछि अर्काे खुट्टामा समस्या देखियो भने काट्नु पर्दछ ।
समाजसेवी एवंम् शिक्षक शाहीले भन्नु भयो,उहाँलाई पहिला पनि उपचारका लागी गाउँस्तरबाट केहि सहयोग रकम जुटाएर बिभिन्न ठाउँमा उपचारका लागी पठाएका थियौ तै पनि रोग निको भएको हुन सकेको थिएन तर पनि हामी उहाँको उपचारको लागी लागी परेका थियौ । यस पटक त उहां बसेको वासस्थान र धेरै टाढा टाढा सम्म दुगन्ध आउन थालेपछि हामीले जबरजस्ती उपचारका पठाएका हौं ।
थापाको घरमा ३ छोरा हुनुहुन्छ भने यहि बैशाख २८ गतेका दिन लगातार तिन दिनको ज्वरोको कारण उहांको श्रीमतीको मृत्यु भएको थियो भने जेठो बुहारी पनि प्यारालाईसिसका कारण पुरै शरिर नै नचल्ने भएर घरमै थलिनु भएको छ ।
राहत हस्तान्तरण गर्दे प्रदेश अस्पतालका मेडिकल रेकडर अधिकृत बिनोद बस्नेतले औषिधिले मात्र बाचिन्छ भन्नु भन्दा पनि खानपीनमा बढी जोड दिनु पर्दछ, उहाँले भन्नुभयो प्रदेश अस्पतालमा आईसकेपछि उपचार नपाएर कोहि पनि फर्कन नपर्नै गरि सम्पूर्ण सेवा सुविधाहरु दिईरहेका छौ



Prawash Kumar Shakya । २३ श्रावण २०७८, शनिबार १०:१५ बजे