सुर्खेतको लाटीकोईलीमा गाईजात्रा (फोटो फिचर सहित)


मिलन श्रेष्ठ ।
साउन ३१ सुर्खेत । दिवंगत व्यक्तिको सम्झनामा मुलुकभर मनाउदै आईरहेको गाईजात्रा पर्व आज(शुक्रबार) स्थानिय लाटीकोईलीमा पनि भब्य रुपमा मनाईएको छ । भाद्र कृष्ण प्रतिपदा देखी अष्टमी सम्म यो पर्व मनाउने चलन चलिआएको छ ।

विशेष गरी नेवारी समुदायमा एकबर्ष भित्र दिवंगत भएका आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई सिंगारी आ–आफ्नो टोलमा परिक्रमा गराउने र त्यसरी सिंगारिएर आएका व्यक्तिहरुलाई आफन्तहरुले विविध परिकार खुवाउने चलन अनुशार आज सुर्खेत जिल्लाको लाटकोईलीमा पनि गाईजात्रा मनाईएको छ ।

बिशेष गरी जिल्लाको गोठीकांडा र बएलकांडा बसोवास गर्ने समुदायहरु उक्त स्थानबाट २०२२ साल भन्दा अघि सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा बसाई सरेर आउनु अघि सबै समुदायका व्यक्तिहरु मिली देखाउने जात्रा हाल सम्म पनि लाटीकोईवाका युवाहरुले संचालन गर्दे आईरहेका छन् ।

बीरेन्द्रनगर नगरपालीका वडा नं.९ का वडा अध्यक्ष सुरेशमानन्धका अनुशार बिगतका समयहरुमा सुर्खेत जिल्लाको गणेशचौक, भैरवस्थान, गुप्तिपुर र लाटीकोईलीमा मनाउदै आईरहेको जात्रा हाल अन्य ्स्थानहरुमा लोप हुदै गएता पनि लाटीकोईलीका युवाहरुले सांस्कृती जोगाई रहेको बताउनु भयो ।

आजको दिन काठमाण्डौंको बसन्तपुरमा विहानैदेखि दिवंगत व्यक्तिको सम्झनामा सजिएर आएका आफन्तहरुलाई मालपुवा, रोटी, विस्कुट लगाएत अन्य खानेकुरा या पैसा दान दिएर गाईजात्रा मनाउने प्रचलन अनुशार आज बीरेन्द्रनगरमा पनि मनाईएको छ ।