दैलेखी विद्यार्थीहरु संगठित


६ माघ, सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्ने दैलेख क्षेत्र नम्बर १ विद्यार्थीहरु संगठित भएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको विद्यार्थी भेलाले भगवतीमाई–२ दैलेखका पदम खडकाको अध्यक्षतामा संगठन स्थापना गरेको हो । वरिष्ठ उपाध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्षमा निर्मल अधिकारी, महासचिबमा शरोज न्यौपाने, सचिवमा दिपेन्द्र कुमार बिसी, सह–सचिबमा नबिन चन्द, राजन सापकोटा, पुजा रिजाल, कोषाध्यक्षमा अनिता खड्कालाई जिम्मेवारी तोकिएको छ ।

संगठनको सदस्यमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष केसी लोकेन्द्र खड्का, मिना वि.सी, चन्द्र विसी, रोहीत विसी, डम्मर बिष्टलाई चयन गरिएको छ ।

विष्णकुमार खड्का, शुसिल शाही, रेशम विष्ट, बिरबहादुर शाही र दिपेन्द्र वलीलाई संगठनको सल्लाहकारमा चयन गरिएको छ । संगठनले स्थायी घर दैलेख भई सुर्खेतमा अध्ययनरत विद्यार्थी तथा दैलेखबासीका लागि परेका समस्या समाधानमा एकवद्ध भएर लाग्ने अठोटसमेत लिइएको छ ।