युवाहरु कालापहाड तिर,जुम्लाका गाउँहरु खाली हुँदै,।


३० कात्तिक जुम्ला

दिलमाया शाही   ।

दशैँतिहार जस्ता ठुला पर्व सकिएसँगै जुम्लाका गाउँहरु खाली हुन थालेका छन् । चार्डपर्व मनाउन आएका आएकाहरु रोजगारी र अध्ययनका लागि भारत र ठुला सहरमा जान थालेपछि गाउँहरु खाली हुन लागेका हुन् ।

जुम्लाका अधिकांश युवाहरु रोजगारीको लागि भारत जाने गर्दछन् । जुम्ला सिंजा गाउँपालिका ४ माथिवाडा गाउँका विरेन्द्र बुढा व्यापारको लागि भारत गई सक्नु भएको छ । स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेशा गर्नको लागि पुग्दो मात्रामा जमिन नभएकै कारण भारत जानु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

दशैँतिहार मनाएर व्यापारको लागि भारत गएकाहरुले खेतिपातिको सिजन सुरु भएपछि मात्रै जुम्ला आउने गर्दछन् । जुम्लाका युवाहरु उत्तराचंल र हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारको लागि जाने गरेको बुढाले सनाउनु भयो । यति बेला सिंजा क्षेत्रका शतप्रतिशत युवाहरु कोहि व्यापार त कोहि कामको लागि भारत गइ सकेका छन् ।

सिंजा क्षेत्रका गाउँ यतिबेला युवा विहिन भएका छन् । ज्याला मजदुरीका लागि भारत जानु परेको युवाहरुले गुनासो गरेका छन् । गाउँमा रोजगारीको अवसर नभएको भन्दै बुढाले घरमा बसेर परिवारको खानाखर्च र लत्ताकपडा फर्ेन गाह्रो हुने भएकाले भारत जानु परेको गुनासो गर्नु भयो । कर्णाली राजमार्गमा संचालन हुने सवारीलाई कालापहाड जाने यात्रु बोक्न भ्याई नभ्याई छ । अर्काको ठाउँमा गएर मजदुरी गर्नु रहर नभएको भन्दै सिंजा गाउँपालिकाकै निर्मल बुढाले बाध्यता र आफ्नै ठाउँमा रोजगारी नभएकै कारण भारत जानु परेको बताउनु भयो । उहाँका अनुसार चार्डपर्वको बेला भरीभराउ भएका गाउँहरु यतिबेला सुनसान हुँदै गएको सुनाउनु भयो । गाउँमा यति बेला बुढापाका, महिला र बालबालिकाहरु मात्रै रहेका छन् ।

सिंजाका विभिन्न ठाउँमा भारत जानेमा मानिसहरुको भिडभाँड निकै बाक्लो हुने गरेको छ । सिंजा नराकोटमा रहेको चन्दननाथ यातायात प्रालिका काउन्टर इनचार्ज मानवहादुर विकका अनुसार यात्रुहरुले बसहरु भरीभराउ हुने गरेको बताउनु भयो । दिनमा करिब ३ भन्दा बढी बसहरु छुट्ने गरेपनि भनेकै समयमा सबैले टिकट पाउन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार गाडी नपाएर घर फर्किने पर्नु अवस्था रहेको सुनाउनु भयो । कार्तिक २५ गते मात्रै सिंजाबाट २५ वटा गाडि छुटेका थिए । कामको सिलसिलामा युवाहरु र पुरुषहरु भारत तिर गएका कारण गाउँमा हुनेका काम देखि विकास निर्माण र अन्य काममा महिलाहरुको सहभागि हुने गरेका छन् ।

गाउँमा कोहि विरामी पर्दा समेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने गरेको सिंजाका स्थानीयले बताएका छन् । बृद्धबृद्धा, बालबालिका कोही विरामी भए महिलाले नै बोकेर स्वास्थ्य संस्थासम्म पुराउने गरेका छन् । स्थानीय सरकार गठन भएको डेढ वर्षभइसक्दा पनि आफ्नै ठाउँमा रोजगारीको कुनै संभावना नदेखेका कारण युवाहरु कालापहाड जान बाध्य भएका हुन् । कामको खोजीमा भारत जाने युवाहरुले स्थानीय सरकारले रोजगारी सृजना गर्न नसकेको आरोप लगाउ छन् । व्यवस्था परिवर्तन भएपनि आफुहरुको दैनिकै नफेरिएको जुम्लाका युवाहरुको भनाइ छ । गाउँमा रोजगारीका लागि अवसर नै नहुँदा मजदूरीका लागि भारत जानुपर्ने बाध्यता रहेको युवाहरुको भनाइ छ ।