सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव- शाही



२ मंसीर, सुर्खेत । सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भेरीगंगा नगरपालिका वडा नं.९ सुर्खेतको चौथो बार्षिक साधारण सभा संस्थाका सम्पन्न भएको छ ।

सभामालाइ सम्बोधन गर्दै प्रमुअ अथिति संघिय साँसद ध्रुबकुमार शाहीले सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव रहेको कुरा बताउँदै महिलाहरु ब्यवहारमा इमान्दार र आफ्नो काममा प्रतिबद्ध हुने भएको कारण महिलाहरुले गठन गरेको सहकारीले आफ्नो उद्देश्य पुरा गर्ने र समाज बिकासमा महत्वपूर्ण भुमिका खेल्ने कुरामा जोड दिनु भयो ।

उहाँले अब आर्थिक समुन्नतिका लागि परम्परागत रुपमा गर्दै आएको कृषि तथा पशु पालन ब्यवसायलाई ब्यवसायिक रुपमा विस्तार गर्नको लागि आग्रह गर्दै त्यसका लागि सहकारीले अगुवाइ गर्नु पर्ने र यसमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । एक अर्को प्रसंगमा उहाँले यस भेरी बेल्टमा भेरी बवइ डार्इभर्सन जस्तो राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना निर्माण भइरहेको र यस आयोजनाले प्रभावित स्थानहरुमा सिंचाइ लगायत अन्य विकासका पूर्वाधारले गति लिने कुरा ब्यक्त गर्नु भयो । यस भेरी बेल्टमा अन्तराष्ट्रिय बिमान स्थलको काम, औद्योगिक क्षेत्र, पूर्व पश्चिम मदन भण्डारी राजमार्ग, लगायत विभिन्न खालका बिकास निर्माणका कामहरु अगाडि बढिरहेको र केही समय पछि परिणाम देखिने गेरी कामहरु हुने कुरा बताउनु भयो ।

विशिष्ट अतिथि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक कृष्ण कट्टेल ले हेफरले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याउने कुरा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकास भुषाल, भेरीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण राना, भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य प्रतिक्षा बि.क, जिल्ला सहकारी संघका ब्यवस्थापक ढाकाराम न्यापाने, सुन्दर नेपाल संस्थाका परियोजना संयाजोक पदम दलामी लगाएको उपस्थिति रहेको थियो ।

उक्त साधारण सभामा सहकारीका अध्यक्ष निलम बि.क ले सहकारीको प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो । सहकारीका कोषाध्यक्ष सरस्वती बुढाथोकीले रु.१,१३,९७,७८०।९३ यस आ.व.को कुल आय ब्यय भएको प्रतिबेदन पेश गर्नु भएको थियो भने लेखा संयोजक तुल्सा सुनारले लेखा प्रतिबेदन पेश गर्नु भएको थियो । उक्त चौैथो साधारण सभाले निलम बि.क को अध्यक्षतामा ९ सदस्सीय संचालक समिति चयन गरेको छ भने मिना दाहालको संयोजकत्वमा ३ सदस्सीय लेखा समिति चयन गरेको थियो ।

निलम बि.क.को अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक सिता महरले गर्नु भएको थियो ।