
मिलन श्रेष्ठ
२७,माघ सुर्खेत । नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको २५ औं वार्षिक साधारणसभा मंगलबार(आज) सम्पन्न गर्दे शाखा सुर्खेतले सभाको अवसरमा आफ्ना सदस्यलाई पुरस्कृत गरेको छ ।
२५ औं वार्षिक साधारणसभाको अवसर पारेर आफ्ना सदस्यलाई विभिन्न विधामा पुरस्कृत गरेको हो । शाखाले १० हजार राशिको विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट भानुभक्त खड्का, चाँदनी कठायत, डम्मर आचार्य र देवीराम देवकोटासँगै १० हजार राशिकै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट मानबहादुर ओली र खिम बुढालाई प्रदान गरेको छ । यस्तै कार्यक्रममा ५ हजार राशिको वर्ष पत्रकारिता पुरस्कार ललितबहादुर बुढा र मधुवन विसीसँगै ५ हजार राशिकै नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार गीता थापालाई प्रदान गरिएको छ ।

सो अवसरमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सञ्चार क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । उहांलेप्रदेशमा स्थापित एफएम, रेडिया, केबल टेलिभिजन र सिनेमा हललाई एक/एक लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए । उनका अनुसार छापा माध्यमलाई कति दिने भन्ने बारेमा छलफल भइरहेको समेत बताउनु भयो ।



Milan Shrestha । २७ माघ २०७७, मंगलवार १९:१२ बजे