
चैत्र ०२, सुर्खेत । सुर्खेत देखि कालिकोटका लागी छुटेको कर्णाली यातायातको गुडिरहेको यात्रुबहाक बस बिहान करिव १२ः४५बजेतीर विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली यातायातको बा.४.ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुशार बिधुतीय तार सर्ट भएर आगलागी हुने बित्तिकै यात्रुहरु समयमै झर्न सकेकाले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको तर बस भने पूर्ण रुपमा क्षति भएको बताउनु भयो ।



Milan Shrestha । २ चैत्र २०७५, शनिबार १२:३९ बजे