
मनिराज पाण्डे
कालिकोट- पलाँता गाउँपालिका वडा नं. ९ मा मंगलबार पहिलो पटक वडा स्तरिय खानेपानी सरसफाइ तथा स्च्छता समितिले सातौं बिश्व शौचालय दिवस बनाएको छ । शिक्षा दिवस, मानवअधिकार दिवस, वालदिवस लगायतका दिवसहरु बनाएपनि शौचालय दिवस बनाउने कुरा नौलो भएको पलाँता ९ का नारायणसिंह बमले बताए ।
वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिले पलाँता ९ मा रहेका २ सय ७ घरधुरीमा अनुगमन गरी सरसफाइ तथा स्वच्छतामा उत्कृष्ट देखिएका २२ घरधुरीलाइ सम्मान सहित पुरुस्कार बितरण गरेको छ ।
समितिले वाल्टीन, ब्रस, हार्पिक र सावुन खानेपानी सरसफाइ र स्वच्छताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने २२ जनालाइ हस्तान्त्रण गरेको वडा नं. ९ का वडा अध्यक्ष टक्कबहादुर बमले बताए । पलाँता खानेपानी र सरसफाइका क्षेत्रमा निकै पछाडी परेको क्षेत्र हो त्यसैले गाउँपालिकाले अहिले एक घर एक धारा, पुर्ण सरसफाइ उन्मुख बस्ती घोषणा गर्ने तयारीका साथ कार्य थालेको पलाँता गाउँपालिकाका नायव सुब्वा राजबहादुर बमले बताए ।
समितिले दिवसको अवसरमा देउडा गीत प्रत्योगीता र सडक नाटक समेत आयोजना गरेको छ । सडक नाटकमा झाडापखाला लाग्दा गाउँघरमा अपनाइने परम्परागत चलनको ब्याग्ङगे गरिएको थियो । केहि बर्षपहिले झडापलाका कारण यहाँका १ सय ३ जनाले ज्यान गुमाएका थिए । किर्डाक नेपाल सुवास परियोजनाको सहजिकरणमा वडा पालिकाले पलाँताका २ सय ७ घरधुरीमा मिटर जडान सहित यसै बर्षशुद्धखानेपानी वितरण गर्ने तयारी थालेको छ ।
पलाँता गाउँपालिका संगको समन्वयमा किर्डाक नेपालले एक बर्षदेखि खानेपानी सरसफाइ तथा स्वच्छताका क्षेत्रमा कार्य गरिरहेको छ ।



Milan Shrestha । ४ मंसिर २०७५, मंगलवार १५:१८ बजे