मिलन श्रेष्ठ
बैशाख,२४ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ९ निवासी समाजसेवी एवंम् अधिवक्ता ध्रुव कुमार श्रेष्ठ र उहाँकी धर्मपत्नी तिला देवी श्रेष्ठले बैबाहिक वर्षगाँठको अवसरमा दृष्टिबिहिन हेरबिचार केन्द्रलाई सहयोग गर्नु भएको छ । ४३ औँ बैबाहिक वर्षगाँठको अवसरमा केन्द्रलाई ४३ हजार ६सय ९७ रुपैयाँ सहयोग गर्नु भएको हो ।
श्रेष्ठ दम्पतिले केन्द्रका अध्यक्ष जीवन कुमार शाक्यलाई नगद हस्तान्तरण गर्नु भएको हो । आज नै श्रेष्ठ दम्पतिका छोरा कर्णाली प्रदेश अस्पतालमामा कार्यरत हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा.शुभ श्रेष्ठले एक महिनाको तलब सहयोग गर्नु भएको छ । डाक्टर श्रेष्ठले आफुले जागिरसँगै सामाजिक दायित्व पनि निर्वाह बताउनु भयो । उहांले भन्नु भयो, हाम्रो कर्तव्य दायित्व बिहान देखि सांझ सम्म बिरामीहरुलाई जाच्ने अनि जचाउन आउनु भएका बिरामीहरुलाई हसाउने मात्र भन्दा पनि समाजमा रहेका दिनदुखि, हाम्रै समाजमा बसेर पनि एक छाक खान समस्या हुने र पैसाकै अभावमा उच्च शिक्षा हासिल गर्न बन्देज रहनु भएकाहरुलाई सहयोग गरि समाज प्रतिको आफ्नो पनि दायित्व रहेको हुदा सहयोग गरेका हो ।’
यसै गरि अधिवक्ता ध्रुब कुमार श्रेष्ठले आफ्नो चाहाना आफुले धेरै समाजिक कार्यहरु गरेता पनि बिशेषत आर्थिक अभावका कारण शिक्षा हासिल गर्न नसक्नेहरुलाई सहयोग गरेको बताउनु भयो सहयोग रकम प्राप्त पश्चात दृष्ट्रिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले शुभकामना, हार्दिक कृतज्ञता व्यक्त गर्दे आफ्नो संस्थाले प्राप्त गरेको सहयोग दृष्ट्रिबिहीन छात्र÷छात्राको शिक्षामा लगाने लगाउने प्रतिबद्धता गर्नु भयो ।
हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठल र उहांकी धर्म पत्नी स्त्री रोग विशेषज्ञ कृत्रिका थापा श्रेष्ठले यसै महिना परेको आफ्नो तेश्रो बैवाहिक बर्षदिनको उपलक्ष्यमा वीरेन्द्रनगर वडा न. ९को स्वास्थ्य चौकिमा कार्यरत १४ जना कर्मचारीहरुलाई एन ९५ माक्स, सर्जिकल मास्क, ह्याड ग्लोब्स र सेनिटाईजर गरि करिब २० हजारको सामाग्रीहरु सहयोग गर्नु भएको थियो ।
रकम अभावका कारण समस्याग्रस्त भएका दृष्टिविहीन बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यका साथ समाजप्रतिको आफ्नो दायित्व सम्झेर उक्त रकम सहयोग गरेको श्रेष्ठ दम्पत्तीले जानकारी दिनुभयो ।

डाक्टर शुभ श्रेष्ठ परिवार संग



Prawash Kumar Shakya । २४ बैशाख २०७७, बुधबार १७:१३ बजे