
मंसिर १८, सुर्खेत ।
कर्णाली प्रदेशका उद्योग, बन, बाताबरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णालीको समग्र बिकासका लागि पर्यटन प्रमुख स्रोत रहेको बताउनु भएकोछ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र रारा पदमार्गको सरसफाई कार्यक्रमको उद्घाटन गदैं मन्त्री बुढाले रारालाई मात्र नभई कर्णालीका सम्पुर्ण पर्यटकिय क्षेत्रलाई पुर्णसरसफाई गर्ने गरी कर्णाली प्रदेश सरकाले कार्यक्रम संञ्चालन गरिरहेको बताउनु भयो । कर्णाली प्रदेश सरकाले सुरु गरेको कर्णाली रारा पर्यटन बर्ष २०७५ बैसाख १ गते यता रारामा पचास हजार आन्तरीक तथा बाह्य पर्यटक भित्रिएको बताउदै अझ यस पर्यटन ब्यबसायलाई थप ब्यबस्थित बनाउन प्रदेश सरकारले बिभिन्न ठाउमा बजेट बिनियोजन गरेको र तत्काल कार्यान्वयनमा ल्याउने बताउनु भयो ।
होटल हिलसाइड र आर्ट समिट ट्राभल एण्ड टुर्स प्रालिले आयोजना गरेको पदमार्ग सरसफाई अभियानमा रारा तालको वरीपोरी रहेको प्लाष्टिक तथा फाहोर सबै सफा गर्दै ३० वटा डस्बीन करिब तिन सय मिटिर दुरीको फरकमा राखिएको छ ।



Milan Shrestha । १९ मंसिर २०७५, बुधबार ०७:४९ बजे