नोभाद्वारा श्रद्धाञ्जली व्यक्त


१६ फागुन, सुर्खेत । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सुर्खेतको वीरेन्द्रचौकमा नोभा हेल्पिङ्ग फाउण्डेशनले श्रद्धाञ्जलि गरेको छ ।

बालबालिकाहरु तथा बृद्धबृद्धाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नोभा हेल्पिङ्ग फाउण्डेशनले हेलिककप्टरमा ज्यान गुमाएका सातैजनालाई मैनबत्ती प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेको हो ।