११ चैत्र, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले होली पर्व २०८० को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख परियारले शुभकामना सन्देशमा फागुपुर्णिमा होली पर्व २०८० को सुखद अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वसन्त ऋतुको आगमनसंगै प्रत्येक बर्ष फाल्गुन शुक्ल पुर्णिमाको दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपुर्णिमा होली पर्व हिमाली,पहाडी तथा भित्री मधेसका जिल्लाहरुमा चैत्र ११ गते तराई मधेशका जिल्लाहरुमा चैत्र १२गते विभिन्न रङ र अबिर खेल्दै हर्षोल्लासपुर्वक मनाइदैछ । संघियता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशि र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प संविधानले प्रदत्त गरेको छ ।
जातिय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपुर्वक रंङहरुमा रमायर यो पर्व मनाउने गर्दछन । यस पर्वले सबै नेपालीबिच सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउदै आएको छ । मुलुकमा मनाइने विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व हो । होली पर्वले खराब प्रवृतिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गर्दछ र संस्कृतिको प्रबद्र्धन गर्दछ।विविध संस्कृतिहरुको इन्द्रेणीको रुपमा हरेक नेपाली समाजमा रङहरुको पर्व फागुपुर्णिमाले समस्त नेपालीहरु बिच आपसी सद्भाव,सहिष्णुता,आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गर्दछु ।
अन्तमाः यस पर्वले विद्यमान समाजमा विभिन्न प्रकारका विकृति,विसंङ्गति,कुरीति एवं कु–परम्पराहरुलाई निर्मुल गर्दै मौलिक संस्कृति सहितको सभ्य,सुसंस्कृत एवं न्यायपुर्ण समाजको निर्माण र सम्वर्धन गर्न उत्प्रेरित गरिरहोस भन्ने कामना गर्दछु । उल्लेख गर्नुभएको छ ।




Prawash Kumar Shakya । ११ चैत्र २०८०, आईतवार ०६:५३ बजे