
मंसिर २४, सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कालीकोटको रास्कोट नगरपालिकामा निर्माण हुने कम्यूनिटि हस्पिटलका लागि आबस्यक पर्ने थप बजेटको ब्यबस्था गरिने बताउनु भएको छ ।
हस्पिटलका अध्यक्ष तुलाराज सिम्खाडा सहितको टोलीसँग कुरा गर्दै मन्त्री रावलले कम्यूनिटि हस्पिटलका लागि यस अघि ७ लाख रकम प्रदेश सरकारले छुट्टयाएको भन्दै प्रदेश सरकार र मन्त्रालयले थप बजेटको ब्यबस्था गर्ने विस्वास दिलाउनु भयो । डिजिटल हस्पिटल निर्माण सँगै कालीकोट र कालीकोट आसपासका स्थानिय बासिन्दाहरुले गुणस्तरिय स्वास्थ्य सेवा पाउने हुँदा यो अभियानमा सरकारले सक्दो सहयोग गर्ने मन्त्री रावलको भनाई छ । अन्य शिर्षकहरुबाट भएपनि उक्त हस्पिटल निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री रावलले गर्नुभएको छ ।
दक्षिण यसियाकै सामूदायिक नमूना हस्पिटलका रुपमा निर्माण हुने हस्पिटलका लागि बिभिन्न सामाजिक अभियान्ताहरुले पनि रकम संकलन गरिरहेका छन् भने आउदो माघ महिनाबाट सेवा सुचारु हुने अध्यक्ष सिम्खाडाले जानकारी दिनुभयो ।



Milan Shrestha । २४ मंसिर २०७५, सोमबार ११:५७ बजे