पेट्रोलमा २, डिजल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि


१९ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन ।