महिलाको नेतृत्वमा खुशियाली नमुना गाँउ घोषणा


२ षौष, सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाँउपालिका ८ को बेलचौरलाई महिलाहरुको नेतृत्वमा बेलचौर खुशियाली नमुना गाँउ घोषणा गरिएको छ । आज सोमबार बेलचौर आमा समुह बराहताल ८ को पाँचौ बार्षिक उत्सबको अवसर पारेर आयोजना बराहताल गाँउपालिका र किडाक संस्थाको समन्वयमा सम्पन्न भएको कार्यक्रममा बेलचौर खुशियाली नमुना गाँउ घोषणा गरिएको हो ।

बिसवटा सुचकहरु पार गरेर समुहले गाँउलाई खुशियाली नमुना गाँउ घोषणा गरेको हो । बालविवाह नगर्ने, सबै बालबालिका विद्यालय गएको हुने, घरेलुहिंसा मुक्त भएको, प्रत्येक घरमा गोबरग्यास भएको, छोरा र छोरीमा भेदभाब नभएको,खाद्यबालीमा र नगदेबाली अर्गानिक मल प्रयोग लगाएतका २० वटा सुचक पार गरेपछि गाँउलाई खुशियाली नमुना गाँउ घोषणा गरेको समुहकी अध्यक्ष निर्मला दर्लामीले बताउनुभयो  ।

कार्यक्रममा बराहताल गाँउपालीकाका अध्यक्ष तेजबहादुर बस्नेतले गाँउलाई नमुना गाँउ घोषणा गरेपछि बेलचौरलाई गाँउलाई झनै जिम्मेवारी बढेको भन्दै यसमा सचेत रहन आग्रह गर्नुभयो ।

‘ २० वटा सुचक पार गरेपछि बलेचौर गांउलाई नमुना गांउ घोषणा गरिएको छ यो सामान्य कुरा होईन । यस्ता खालको सुचकहरु प्रत्येक वर्ष बढाउने गरी लाग्नु जरुरी छ रहेको बताउँदै अध्यक्ष बस्नेतले ‘ नमुना गांउ घोषणा गरेपछि बेलचौरलाई अझ धेरै जिम्मेवारी बढेको गाँउपालिकाबाट समूहलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै बराहताल गापा वडा नं ८ का वडा अध्यक्ष मणिराज कार्कीले बेलचौरका दिदिबहिनीहरुले गरेको कामलाई अन्य क्षेत्रका दिदिबहिनीहरुले पनि सिक्न जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा किडाक नेपालका प्रशासकिय अधिकृत भरत शाहीले बराहताल ८ बेलचौरका दिदिबहिनीहरुले गर्नुभयएको काम एकदमै सह्रानिय भएको भन्दै आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।