
कन्चनपुर, पौष २४ । आदिवासी जनजाती युवा महासंघ केन्द्रिय कार्यसमितिको बैठक कंचनपुर जिल्लाको भिमदत न.पा. ३, बाँसी बिचपुरी यहि पौष २१ गते विहिवार सम्पन्न भएको छ ।
बैठकले महासंघको चौथौ राष्ट्रिय महाधिवेसन पुर्वको सुनसरी जिल्लाको इटहरीमा चैत्र २६ देखि २८ गते सम्पनन गर्ने भएको जानकारी सहित सम्पूर्ण पदाधिकारीहरुलाई महाधिवेशन सफल पार्नका लागी आजै देखि लाग्न निर्देशन समेत गरेको छ ।
युवा महासंघको चौथौ. महाधिवेशन तयारीका लागि सचिवालय बैठक र केन्द्रिय कार्यसमितिको पूर्ण बैठक बसेको महासचिव सुर्दशन चौधरीले दत्रिरत्न अनलाइनलाई जानकारी दिएका छन् । संगठन विस्तार, जलवायु परिर्वतन सम्बन्धि कार्यक्रमहरु बर्दिया, चितवन, रसुवामा जिल्लाहरुमा गर्ने र उक्त जिल्लाहरुबाट आएका सुझाब, सल्लाह र अपेक्षाहरु संकलन गरी सोही अनुसार काठमाडौंमा कार्यक्रम संचालन गरी नीति निर्माणमा आवश्यक सुझाबहरु लिने चौधरीले जानकारी दिए ।
युवा महासंघको आठौं विस्तारित बैठकमा आदिवासी जनजाती युवा महासंघका उपाध्यक्ष राम रार्इ आदिवासी जनजाती महासंघ सुनसरी जिल्लाको अध्यक्ष जस्तो गरिमाय पदमा चयन हुनु भएकोमा बधाइ समेत दिएका थिए । यसैगरी आउदै गरेको लोसार, माघी पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्र समेत गरिएको थियो । आदिवासी जनजाती युवा महासंघ उपाध्यक्ष उदय थारुलाई हालै कञ्चनपुर जिल्लामा समपन्न भएको आदिवासी जनजाती युवा महासंघको आठौं विस्तारित बैठकमा व्यवस्थाापन कार्यमा सहयोग गरेवापत महासंघले धन्यावाद व्यक्त गरेको छ।
Milan Shrestha । २३ पुष २०७३, शनिबार ०६:०७ बजे