क्षमता विकासका लागि अन्तरजिल्ला भ्रमण


तस्विरः यामप्रसाद शर्मा ।

पुस,६ सुर्खेत । यूएस.ए.आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्धन कार्यक्रम पहल अन्तरर्गतका अगुवा कृषकहरुलाई बिहिरबार(आज) अन्तर जिल्ला भ्रमण गराईएको छ।
पहल परियोजना लागु भएका सुर्खेतको लेखपराजुल, नेटा, रजेना, रानिवास, काफलकोट र धारापानीका १९ जना अगुवा कृषक र संकलन केन्द्रका सदस्यहरुलाई क्षमता विकासका लागि १ दिने अन्तर जिल्ला भ्रमण गराईएको पहल कार्यक्रम सुर्खेतका कृषि सुपरभाइजर याम शर्माले बताउनु भयो ।

अगुवा कृषकहरुलाई दैलेख जिल्लाको वागवानी अनुसन्धान केन्द्र किमुगाउँमाको भ्रमण गराईएको थियो । भ्रमणका अगुवा कृषक तथा संकलन केन्द्रका सदस्यहरुलाई वागवानी अनुसन्धान केन्द्र दैलेखका प्राविधिक अधिकृत ओमबहादुर ओलीले उक्त क्षेत्रमा उत्पादित फलफुल तथा अन्य तरकारी खेतीका विउ विजन लगाएतका वारेमा जानकारी गराउनु भएको थियो । अधिकृत ओलीले कृषकहरुलाई विभिन्न तरकारी तथा वालीहरुको विउ राख्ने, लगाउने, गोडमेल गर्ने तरिका लगाएतका वारेमा जानकारी गराउनु भएको थियो ।

परियोजना सुर्खेतले कार्यक्षेत्रका समुदायमा आधारित कृषक समूह, महिला समूह, सामुदायिक बन, कृषि सहकारी संस्थाहरु, स्वास्थ्य संस्थाहरुलाई क्षमता विकाससंगै परिचालन गरी खानेपानी तथा सरसफाई, सिचाईं लगायतका सेवा सुविधा पु¥याउने काम गरिरहेको कृषि सुपरभाइजर शर्माले बताउनु भयो । समुदायलाई उत्पेरित गर्न आधुनिक खेती प्रविधि सिकाउन कृषक तालिम, सामुहिक खेती प्रणाली, आईपीएम पाठशाला, अनुशिक्षण भ्रमण लगायत सेवा सुविधा पाउने निकायसंग समन्वयले सेवाग्राही र सेवाप्रदायक दुबै पक्षलाई सहज गराउँदै आएको कृषि सुपरभाइजर शर्माले बताउनु।

भ्रमण फलदायी भएको वताउँदै सुर्खेत रानिवासका अगुवा कृषक प्रेम खत्रीले कृषि प्रविधि तथा वाली संरक्षण कासरी गर्नु पर्ने रहेछ भन्ने बारेमा आफुहरुलाई यो भ्रमणले धेरै कुरा सिकाएको र भम्रणबाट सिकेको प्रवाधिक र प्रविधि सम्बन्धि ज्ञानलाई आफुले लागु गर्ने र अगुवा कृषक भएकै कारण भम्रण पश्चात आफ्ना समूहका कृषकहरुलाई पनि प्रविधिको प्रयोगको बारेमा जानकारी सहित कार्यान्वयन गर्ने खत्रीले बताउनु भयो । बिहिबार दैलेखमा गरिएको एक दिने भ्रमणमा कृषि वजार प्राविधिक हरिभक्त तिवारी, लेखा तथा प्रशासन अधिकृत विनोद विष्ट र अनुगमन तथा मुल्यांकन सहायक दिपक घिमिरे लगाएत को उपस्थित रहेको थियो ।