नेपाल बार एशोसियशन दैलेखको अध्यक्षमा अधिकारी निर्वाचित


फागुन १, दैलेख । नेपाल बार एशोसियशन दैलेखको आज (बिहिबार) भएको निर्वाचनबाट माधवराज अधिकारी निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा कुल २० मतदाता मध्य १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गर्नुभयो हा भने शिवराज दाहालले ३ मत प्राप्त गर्नु भएको थियो भने एशोसियशनको १३ सदस्यीय जिल्ला कार्यसम्मतिका पदाधिकारीहरु सर्वसम्मतले चयन हुनुभएको छ जसको उपाध्यक्ष ललितबहादुर थापा, सचिव प्रेमबहादुर थापा, सह–सचिव ईश्वरकुमार प्याकुरेल र कोषाध्यक्षमा टीकाराम थापा हुनुहुन्छ ।

यसै गरी आज निर्वाचित सदस्यहरुमा सुरेन्द्रकुमार अधिकारी, ललितबहादुर मल्ल, यामराज थापा, सर्वराज जोशी, टेकबहादुर केसी, हरिबहादुर केसी, दीपेन्द्रबहादुर थापा र दीर्घराज अधिकारी हुनुहुन्छ भने दीर्घराज अधिकारी केन्द्रीय पार्षद पनि चयन हुनुभएको छ ।
२०४९ मा स्थापना भएको नेपाल बार एशोसियसन दैलेखको संस्थागत विकासको क्रममा अघिल्लो कार्यकाल बाहेक सधैंजसो सर्वसम्मतिले नेतृत्व चयन हुदै आएको छ ।