
२४ श्रावण । सुर्खेत । दिवंगत व्यक्तिको सम्झनामा आज मुलुकभर गाईजात्रा पर्व मनाइदै छ । भाद्र कृष्णप्रतिपदादेखी अष्टमीसम्म यो पर्व मनाउने चलन चलिआएको छ ।
विशेष गरी नेवारी समुदायमा एकबर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई सिंगारी आ–आफ्नो टोलमा परिक्रमा गराउने र त्यसरी सिंगारिएर आएका व्यक्तिहरुलाई आफन्तहरुले विविध परिकार खुवाउने चलन रहेको भएता आजको दिन सुर्खेत जिल्लाको लाटकोईलीमा पनि गाईजात्रा मनाईएको छ ।
बिशेष गरी जिल्लाको गोठीकांडा र बएलकांडा बसोवास गर्ने समुदायहरु उक्त स्थानबाट २०२२ साल भन्दा अघि सुर्खेत वीरेन्द्रनगरमा बसाई सरेर आउनु अघि सबै सुदायका व्यक्तिहरु मिली देखाउने जात्रा हाल सम्म पनि लाटीकोईवासीले संचालन गर्दे आईरहेका छन् ।
बिगतमा जिल्लाको गणेशचौक, भैरवस्थान, गुप्तिपुर र लाटीकोईलीमा मनाउदै आईरहेको जात्रा हाल लोप हुदै गएता पनि लाटीकोईलीमा युवाहरुले सांस्कृती जोगाई रहेका छन् ।
आजको दिन काठमाण्डौंको बसन्तपुरमा विहानैदेखि दिवंगत व्यक्तिको सम्झनामा सजिएर आएका आफन्तहरुलाई मालपुवा, रोटी, विस्कुट लगाएत अन्य खानेकुरा या पैसा दान दिएर गाईजात्रा मनाउने गरिन्छ । गाईजात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
Milan Shrestha । २४ श्रावण २०७४, मंगलवार १०:५० बजे