कर्णाली प्रदेश कप टी–२० क्रिकेटमा कालिकोटको विजयी सुरुवात


फोटोः गुगलबाट

११ पौष, रुकुम । रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा कालिकोटले विजयी सुरुवात गरेको छ । आज भएको प्रतियोगिताको पहिलो खेलमा डोल्पालाई १ सय ६१ रनले पराजित गर्दै कालिकोटले विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कालिकोटले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउदै २ सय १ रनको विशाल योगफल खडा गरेको थियो । उसका दुई ब्याट्स म्यानले अर्धशतक बनाएका थिए । सुर्य बमले ७४ र सुनिल भण्डारीले ५० रन बनाउनुभएको थियो ।

डोल्पाका लागि कुन्दनबिक्रम शाह र रुपचन्द्र पुनले एक एक विकेट लिनुभयो । २ सय २ रनको विशाल लक्ष पछ्याउने क्रममा डोल्पा ३९ रन बनाउँदा अल आउट भयो । डोल्पाका कुनैपनि ब्याट्स म्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । प्रतियोगीताको दोस्रो खेलमा भोली जाजरकोट र सुर्खेत तथा तेस्रो खेलमा भोली नै सल्यान र कालिकोट भिड्ने छन् ।