
पौष १४, कालीकोट ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कर्णाली प्रदेश संगठन कमिटी अध्यक्ष गोरख बहादुर बोगटीले प्रदेश भित्रका कुनैपनि कार्यकर्ताले जिम्मेवारी बिहीन हुन नपर्ने धारणा राख्नु भएको छ । सो पार्टीको कालिकोट जिल्ला पार्टी कार्यालयका उद्घाटन पश्चात् सदरमुकाम मान्ममा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।
धेरै जिम्मेवार नेताहरु प्रदेश संगठन कमिटीमा समेटिएको र बाँकी नेता,कार्यकर्ताहरुपनि विभिन्न कमिटीमा जिम्मेवारी व्यवस्थापन गरिने भन्दै अध्यक्ष बोगटीले अबका कमिटी अत्यन्तै सक्रिय र कामकाजी हुने वताउनुभयो । दुनियाँले असम्भव भन्ने गरिरहेको पार्टी एकताको पाटो लाई निष्कर्षमा पुगाएर पार्टी नेतृत्वले ऐतिहासिक र महान उद्देश्य पूरा गरेको भन्दै अध्यक्ष बोगटीले जिम्मेवारी व्यवस्थापनमा देखिएका चुनौती चाँडै अन्त्य हुने विश्वास दिलाउनु भयो । प्रदेश संगठन कमिटीले पूर्णता पाए सँगै सांगठनिक गतिविधिमा तिब्रता दिने कार्य भैरहेको भन्दै जनप्रतिनिधिहरुलाइ अाफु लगाम बिनाको घोडा भएको नठान्न पनि उहाँले सुझाब दिनु भयो ।
पार्टी पोलिटव्यूरो सदस्य तथा कर्णाली प्रदेशका अार्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेकपाको विशेष किल्लाको रुपमा रहेको कर्णाली प्रदेशमा नेकपा र प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न सफल भैछाड्ने धारणा राख्नुभयो । नेकपाले अाफुलाइ नयाँ जिन्दगी दिनेछ भन्ने विश्वासका साथ जनताले करिब दुई तिहाइको बहुमत दिएको भन्नुहुँदै जनताको अभिमतलाइ खेर जान नदिइने उहाँको भनाइ थियोे । नेकपा कालिकोटले अायोजना गरेको पार्टी कार्यालय उद्घाटन र जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपाबाट निर्वाचित कालिकोटका प्रतिनिधिसभा,राष्ट्रिय सभा तथा प्रदेश सभा सांसदहरू दुर्गवहादुर रावत,जीवन वहादुर रावत,नरपति लोहार,कुर्मराज शाही,प्रदेश योजना अायोग सदस्य योगेन्द्र शाही,संविधान सभा सदस्य तुलाराज विष्ट लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा हिजोको एमाले र माओवादीको नजरमा हेरेर कुनैपनि कार्यकर्तामा पूर्वाग्रह पूर्ण व्यवहार नगर्न नेताहरुले सुझाव दिएका थिए ।
पार्टी केन्द्रिय सदस्य तथा प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रम नेकपा प्रदेश सदस्य तथा तत्कालीन एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही(नेशनल)ले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा जिल्लाभरीका करिब ५ सय कार्यकर्ताको उपस्थिति रहेको नेकपा कालिकोटले जनाएको छ । पार्टी कार्यालय उद्घाटन सँगै कालिकोट (नेकपा)अब तत्कालीन बाम गठबन्धन समेतको कार्यालय रहेको तत्कालीन नेकपा(एमाले)पार्टी कार्यालयबाट सञ्चालन हुने भएको छ ।




Milan Shrestha । १४ पुष २०७५, शनिबार १६:५७ बजे