सिटिईभिटिको प्रमाणपत्रलाई पिएचडी सरह मान्यता दिईने तयारी



१३ माघ, सुर्खेत । सिटिईभिटिले लेभल ८ अध्ययन पुरा गरेकालाई पीएचडी सरहको प्रमाण पत्र दिने तयारी थालिएको छ । राष्ट्रिय व्यवसायीक योग्यता प्रारुप लागु भएपछि यस्तो प्रमाणपत्र दिईने छ । जसको लागि सरकार अहिले आन्तरिक गृहकार्यमा रहेको छ ।

८ औ तहको प्रमाण पत्र प्राप्त गर्नेले पिएचडी सरह मान्यता प्राप्त गर्न सक्ने प्रावधान शिक्षा मन्त्रालयले ल्याउने तयारी गरिरहेको वीरेन्द्रनगरमा मूल्याङ्कनकर्ता पुनर्ताजकी तालीमका क्रममा यस्तो जानकारी गराईएको हो ।
सुर्खेत लगायत विभिन्न १२ जिल्लाका २० जना सहभागीहरुलाई पुनर्ताजकीकरण गर्ने उदेश्यले तालीम सञ्चालन गरिएको तालीम संयोजक जयकृष्ण पौडेलले जानकारी दिनुभयो ।

तालीममा कृषि, सिभिल, हस्पिटालीटी, उद्यमविकास सहजकर्ता, विद्युत, इलेक्ट्रोनिक्स, पल्वीङ, अटोमोवाईल, मेकानीकल, टेलरिङ, बन विषयका मुल्यांकनकर्ता सहभागी रहेका छन ।

कार्यक्रममा सीप परीक्षण समितिका उपनिर्देशक टैलेन्द्र आचार्यले तालीमले मुल्याङ्कन कर्तालाई सशक्त बनाउने बताउनुभयो । कार्यक्रम संयोजक जयकृष्ण पौडेलले नेपालमा उत्पादीत जनशक्तिले अर्न्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने हुुनु पर्नेमा जोड दिनुभयो । ‘अब हामीले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी सिटिईभिटिले तयारी गरिरहेको छ, ”त्यसैको सिलसिलमा यो पुनर्ताजकी तालिमको आयोजना गरिएको हो । उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देव कुमार सुवेदीले सीपयुक्त जनशक्ति उत्पादन गरेर विकासको वाटो तय गर्न सकेमात्र प्राविधिक दक्षता काम लाग्ने बताउनुभयो । सीप सिकेर विदेशीने प्रवृत्तिले देशमा प्राविधिक जनशक्ति अभाव हुनु देशका लागी दुखद भएको उनको भनाई छ । उहाँले अगाडी थप्नुभयो डाँडाकाँडा खाली बनाएर दक्ष जनशक्ति पलायन हुनुमा राजनैतिक नेतृत्व नै दोषी भएको उनले बताउनुभयो ।

सीप परीक्षण समितिले हाल सम्म प्रारम्भिक तह देखी ४ तह सम्म २९० वटा राष्ट्रिय सीप प्रमाणीका तयार पारेको जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ४ लाख ६२ हजार ६ सय ७५ मध्ये ४ लाख ४१ हजार ३४ जना सीप परीक्षणमा सहभागी भएको र जसमध्ये ३ लाख ३० हजार ६ सय ७२ ले सीटिईभिटी अर्न्तगत राष्ट्रिय सिप परिक्षण समितिबाट प्रमाण पत्र पाईसकेका छन । ११२ कार्यशालाहरुलाई सीप परीक्षण केन्द्रले नियमित मुल्याङ्कनकर्ता परीक्षण गर्दै आएको छ ।